१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘एक घर एक धारा’

३० मंसिर २०७७, मंगलवार ०८:५७

मङ्सिर ३०, वाग्मती । वाग्मती प्रदेश सरकारले पछिल्लो दुई वर्षको अवधिमा एक हजार ३३९ किलोमिटर सडक निर्माण गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रालय मातहतका विभिन्न निकायले ८०७ किमी कच्ची र १५५ किमी कालोपत्र सडक निर्माण गरेका हुन् । 

त्यस्तै ३२० किमी ग्राभेल र २४ किमी ढलान सडक निर्माण गरेको मन्त्रालयले जनाएको छ ।  सो अवधिका विभिन्न ३३ पुल सम्पन्न भएका छन् । आगामी असार मसान्तसम्ममा ५५ पुल सम्पन्न हुने  भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य ४५  पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मन्त्री फुयाँलले  एक घर एक धारा कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा अगाडि बढाइएको, कृषि  उत्पादन बढाउन सिँचाइमा जोड दिइएको र प्रदेशभरिका २४ वटा ऐतिहासिक राजकुलाको पुनःनिर्माण, ढुङ्गेधारा, इनार, तालतलैया जस्ता सम्पदा संरक्षण अगाडि बढाइएको बताउनुभयो ।

उहाँले प्रदेश राजधानी हेटाँैंडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माणका लागि परामर्शदाता छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्राप्त १२  वटा प्रस्तावको मूल्याङ्कन अध्ययनको अन्तिमक्रममा रहेको तथा सुरुङ निर्माणको बोलपत्र आह्वान गर्न तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री फुयाँलले सिन्धुलीमाडी – भूमेस्थान – चकमके – कटारी  सडकको शिलन्यास गरिएको बताउनुभयो ।  एक हजार ४५६ किलोमिटर लम्बाइको सडकखण्ड रु ३४ करोड ४१ लाखमा निर्माण सम्पन्न हुनेछ । सो सडक आगामी २०७९ असार २५ सम्म सम्पन्न हुने गरी बोलपत्र स्वीकृत भएको उहाँको भनाइ छ । 

त्यस्तै प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि बस खरिद गर्ने प्रक्रिया प्रारम्भ गरिसकेको मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु