2026-09-12 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

पुस १, लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ।

अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३ स्थित स्टार चिप्स उद्योगविरुद्ध मुद्दा चलाएको हो । तीनवटै उद्योगविरुद्ध खाद्य ऐन, २०२३ अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा चलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यसैबीच बजारमा कालोबजारी बढेको जनगुनासोपछि सिरहामा खाद्यान्न उद्योग र पसलको संयुक्त अनुगमन शुरु गरिएको छ । कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न, सरल र सहजरूपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सिरहाको प्रमुख बजारमा रहेको खाद्यान्न तथा मिठाइ पसलको अनुगमन शुरु गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा सदरमुकाम सिरहा, लहान, मिर्चैया, गोलबजारलगायतका बजारमा थालिएको अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, पञ्जालगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उहाँले जानकारी दिनुभयो ।

पाँच शय्याको कोभिड अस्पताल स्थापना

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको तीन महिनाको प्रयासमा कोभिड अस्पताल स्थापना भएकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताउनुभयो ।

स्थापना गरिएको कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत डा राकेश यादवसहित दुई स्टाफ नर्स र एक अस्पताल रेखदेख गर्ने पालेलाई नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन