२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

२ पुष २०७७, बिहीबार ०५:२७

पुस २, रसुवा । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न  सूचनाकोे सहयोगका लागि समुदायसमक्ष सहयोग मागेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कुनै पनि अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षाचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिलो प्राथमिकता दिन पनि जिल्लावासीलाई आग्रह गरिएको हो ।

अभिभावक नभएको मौका छोपी अपरिचित व्यक्तिले खानेकुरा दिई ललाइफकाई अपहरण गर्नसक्ने भएकाले त्यस्ता अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान दिशाबोध गराई सहारा बेगर बालबालिकालाई घरबाट बाहिर नछोड्नसमेत आग्रह गरेको छ । 

खेलमैदानमा खेल खेलाउँदा वा पठनपाठनको समयमा विद्यालय लाने र ल्याउने काम अभिभावकबाटै गर्न गराउन,  नातेदारप्रति पनि सजग रहन, नकारात्मक कुरा गरेर त्रसित  नगर्न, महँगो गहना नलगाइदिन, मोबाइल खेलाउने काम बन्द गराउन, आफ्नो र बाबुआमाको नाम थर घरको ठेगाना एवं अभिभावकका मोबाइल नम्बर जान्ने अभ्यास गराउनसमेत प्रहरीले अभिभावकसामु सुझाव दिएको छ ।

यसैगरी कोरोना महामारीका कारण सबै बालबालिकालाई मास्कको प्रयोग गर्ने गराउने, ‘तिमी एक्लै छैनौ हामी छौँ’ भन्ने भावको विकास गराई उनीहरूको मनमस्तिष्क निरन्तर प्रफुल्लित बनाइराख्ने, कुट्ने पिट्ने, गाली गर्ने काम बन्द गर्ने गराउने र समाजमा हुने सबै प्रकारका अपराधलाई निरुत्साहित गरी सुरक्षित समाज निर्माणमा सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू आशावादी भएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

गत मङ्सिर २१ गते अपरिचित  व्यक्तिको अपहरणमा परी  ग्राङ क्षेत्रमा हत्या गरिएकी छ वर्षीया बालिका सुमिना तामाङका अभिभावकको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी प्रमुख सुवेदीले सुरक्षाको सुव्यवस्था मिलाउन प्रहरी प्रशासन सदैव दृढ रहेकाले धैर्य गर्न पीडित पक्षलाई सहानुभूति प्रकट गर्नुभएको छ । 

 यसरी प्रहरी प्रशासनका सरकारी अधिकारी पीडितको घरमा पुगेर दिएको सान्त्वना भने यस क्षेत्रको इतिहासमा पहिलो भएको ग्राङ बासिन्दाले बताएका छन् । बालिकाको हत्यापछि त्रसित भएका ग्राङ क्षेत्रका आम अभिभावकसामु स्थानीयस्तरमै प्रजिअ र प्रहरी प्रमुखको उपस्थितिबाट सुरक्षा व्यवस्थामा थप मजबुत पार्ने बचन पाएपछि त्रसित आफ्ना वडामा बसोबास गर्ने बासिन्दाको मन क्रमिकरूपमा उत्साहित बन्दै गएको कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङले जानकारी दिनुभयो । रु १० हजार बराबरको सुनका मुद्रा कानमा भएकै कारण हत्याराको हातबाट बालिकाले ज्यान गुमाउनुपरेको थियो ।

अधिकांश समय शान्त रहने रसुवा जिल्लामा फाट्टफुट्ट  हुने  घटनाले मानिसको ज्यानै जान थालेपछि भावी दिनका लागि आफ्ना सुरक्षा एकाइमार्फत ग्रामीण बस्तीका टोलटोलमा थप सुरक्षा संयन्त्र अपनाइसकिएको प्रहरीले बताएको छ । अपराधीलाई हदैसम्म कारवाही हुनेमा पीडित परिवार आशावादी भएको बताउँदै वडाध्यक्ष तामाङले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको सहयोग महत्वपूर्ण रहेको जानकारी दिनुभयो । 

घटना घटाएको आरोपमा पक्राउ परेकी नुवाकोट किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया सपना तामाङले ती बालिकाकाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेकी छिन् । गाउँ समाजमा घटेको घटना वा घटना घट्न सक्ने सम्भावना देखिएमा त्यस्तो सूचना उपलब्ध गराई सुरक्षा व्यवस्था मजबुत पार्ने कार्यमा सहयोग गरिदिन सबै रसुवाली नागरिकसमक्ष आग्रह गरिएकोसमेत जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने