३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शिवसताक्षीमा नगर स्तरीय फुटबल

१७ कार्तिक २०७२, मंगलवार ०१:५६

sivasatashifootballकात्तिक १७, शिवगञ्ज (सास)
यहाँ सोमबारदेखि शिवसताक्षी नगर कप वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

शिव स्पोर्टिङ क्लब शिवसताक्षी–१ को आयोजना तथा शिवसताक्षी नगरपालिकाको
आर्थिक सहयोगमा जन आदर्श उच्च मावि शिवगञ्जको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।


प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का सांसद रविन
कोइरालाले गरे । उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका उपसभापति देउमान थेवे र सहायक प्रमुख
जिल्ला अधिकारी डम्बरु प्रसाद निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो ।


उल्लेख्य दर्शकहरुको उपस्थितिमा भएको उद्घाटन कार्यक्रमका अवसरमा शिवसताक्षी नगरपालिकाका
कर्मचारी र शिवसताक्षी नगर संयन्त्रबीच मैत्रीपूर्ण फूटबल समेत खेलाइएको थियो ।

उद्घाटन खेल वडा नम्बर २ र वडा नम्बर ९ बीच भएको थियो । खेल टाइब्रेकरमार्फत वडा न ९ ले
४–२ गोलअन्तरले जितेको थियो । खेलको म्यान अफ द म्याच वडा नम्बर २ का गोल किपर सुजन मगर घोषित भए

प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले
आकस्मिक प्राथमिक उपचारको व्यवस्था गरेको छ ।

शिव स्पोर्टिङ
क्लबका अध्यक्ष मनोज खुलाल कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष दिपक भेटवालले
स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन क्लवका सचिव
दिनेश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली