साउन १९, इलाम । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । 

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, इलाम । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । 

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति य"/>

2026-09-10 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको महभिरमा रक क्लाइम्बिङ

साउन १९, इलाम । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । 

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा समाजको पहलमा महभीरमा करिब ४० मिटर अग्लो पहरामा रक क्लाइम्बिङ स्थल निर्माण गरिएको हो । 

उक्त क्षेत्रमा रक क्लाइम्बिङ, रक गार्डेन र बाल उद्यान निर्माण गर्ने योजनाअनुरूप पहिलो चरणमा रक क्लाइम्बिङ निर्माण गरिएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । समितिको १० लाख रूपैयाँ र स्थानीय क्लब, उपभोक्ता समितिको रु चार लाखको लागतमा रक क्लाइम्बिङ निर्माण सम्पन्न गरिएको हो । 

उक्त रक क्लाइम्बिङमा नेपाली सेनाका खेमबहादुर डाँगी र भवानीशङ्कर थापाले ओपन तथा अस्ट्रेलियन रेप्लिङसमेत गरिसक्नुभएको छ । रक क्लाइम्बिङको योजना विगतका वर्षमा पनि बारम्बार उठ्ने गरेपनि निर्माण हुन सकेको थिएन । “रक क्लाइम्बिङ निर्माण गर्ने महाभिरवासीको धोको पूरा भएको छ”, अध्यक्ष उमेश महतले भन्नुभयो, “रक क्लाइम्बिङको प्रशिक्षणमा पठाएर दक्ष जनशक्ति तयार पार्ने योजनामा छौँ ।” 

अहिलेको रक क्लाइम्बिङ क्षेत्रको नजिकै रहेको झर्नामा क्यानोनिङ पनि गर्न सकिन्छ भने ठूलो पहरामा झोलुङ्गे पुल बनाएर ओहोरदोहोर गर्नसके धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई एउटा उत्तम गन्तव्य बनाउन सकिने द्यौरालीको भनाइ छ । 

कालीध्वज गणका प्रमुख सेनानी प्रकाश लामिछानेले रक क्लाइम्बिङका लागि विज्ञ जनशक्ति नेपाली सेनाबाट उपलब्ध गराईदिएबमोजिम निर्माण गर्न सहज भएको हो । सोही बमोजिम विज्ञ खेमबहादुर डाँगी, भवानीशङ्कर थापा तथा सेनाको थप मद्दतबाट ४५ दिन लगाएर पहराको लेउ, झार, घाँस र रूख सफा गरिएको हो । 

अब अझै त्यो पहरालाई पानीले धोएर सफा गर्नुपर्ने युवा समाजले जनाएको छ । केही समयपछि रक क्लाइम्बिङको औपचारिक उद्घाटन गरी सबैलाई बोलाएर रक क्लाइम्बिङ र रेप्लिङको प्रस्तुति गर्ने योजना रहेको कार्यकारी निर्देशक द्यौराली बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो