कात्तिक १७, झापा ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनाको अवधिमा कुल ३० करोड ९९ लाख ७३ हजार रुपैयाँ
राजस्व सङ्कलन गरेको जनाएको छ ।
जसमा आम्दानी कर १० करोड ७१ लाख
६८ हजार रुपैयाँ, वहाल कर १ करोड ६० लाख ४३ हजार रुपैयाँ, व्याज कर १ करोड ५६ लाख ६६ हजार रुपैयाँ,
मूल्य अभिवृद्धि कर १३ करोड ५६ लाख ३७ हजार रुपैयाँ, अन्तःशुल्क २ करोड ६३ लाख ७१ हजार रुपैयाँ,
स्वास्थ्य सेवा कर ६८ लाख ४३ हजार रुपैयाँ र शिक्षा सेवा कर २२ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
साउन महिनामा १६ करोड ६० लाख ५९ हजार रुपैयाँ, भदौमा ६ करोड ७५ लाख रुपैयाँ
र असोजमा ७ करोड ६४ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।