Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रहेनन् भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने ‘जिउँदो इतिहास’ हिराबहादुर घलान

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ८, मकवानपुर | तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गएराति निधन भएको छ। मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय ‘जिउँदो इतिहास’ घलानको गएर गएराति निधन भएको हो।

घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरूको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ। दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलानमात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए।

वडाकै सबभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए। जीवनभर २५ गाडी बोकेका घलानले वि.सं २००६ देखि नै गाडी बोक्न सुरू गरेका थिए।

उनले ९६ जनाले बोक्ने गाडी एक पटकमात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए। राणाकालमा भीमफेदीबाट काठमाडौंका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे।

थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८  भरियाले राणाकालीन गाडी बोकेका थिए। आफ्ना बुवाले  राणाहरूको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए।

एक वर्षदेखि पक्षघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए। उनका दुई छोरा र तीन छोरी छन्।