२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका सबै सरकारी कार्यालयमा उजूरीपेटिकामा माकुराको जालो र बारुलाको गोलो

१० पुष २०७७, शुक्रबार ०७:०९

पुस १०, डोटी । डोटीका प्रायः सबै सरकारी कार्यालयका उजूरीपेटिकामा उजूरी नपर्ने गरेका कारण रित्तो हुँदै गएका छन् । सेवाग्राहीका उजूरी तथा गुनासो पत्र राख्नका लागि राखिएका यहाँका कार्यालयका पेटिकामा उजूरी नै नपर्दा हिजोआज बेकामे जस्तै बनेका छन् । यहाँका सबै कार्यालयमा उजूरी पेटिकाका बाकस झुण्डिएको भए पनि ती बाकसमा कुनै पनि उजूरी परेको देखिँदैन । 

अधिकांश उजुरी पेटिकाभित्र माकुराको जालोदेखि बारुलाले गोलो लगाएकासम्म भेटिने गरेको छ । कार्यालयमा सेवा लिएर आउने सेवाग्राही कसैको गुनासो तथा उजूरी नपरेका कारण जिल्लामा पछिल्लो समय सुझाव पेटिका प्रायः सबै प्रयोगविहीन बन्दै गएको स्वयं कर्मचारी बताउँछन् ।

कुनै कार्यालय वा प्रमुखको बारेमा सामाजिक सञ्जाल फेसबुकमा गुनासो लेख्ने प्रवृत्ति बढेका कारण यहाँका सरकारी कार्यालयमा कसैले पनि उजूरी तथा गुनासो नगर्ने गरेको पाइएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताए । उनले भने, “सामाजिक सञ्जालमा गुनासो पोखे चाँडो सुनुवाइ हुने तथा सबैले थाहा पाउने भएकाले फेसबुकमै गुनासो राख्ने क्रम बढेको छ ।” 

नागरिकको बढी चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको भवन नयाँ बनाएर काम शुरु गरे पनि पुरानो शैलीबाट उजूरी लिने सुझाव पेटिका बाहिर झुण्ड्याइएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा राखिएको उजूरी पेटिकामा खासै सुझाव तथा उजूरी नपरेको सो कार्यालयका खरिदार तेजबहादुर खड्काले बताए । उनले भने, “उजूरी पेटीका नै बेकामे त भएका हैनन् तर सेवाग्राहीले उजूरी पेटिकाको विषय र महत्वका बारेमा खासै जानकारी नपाउँदा उजूरी नपरेको हुन सक्छ ।”

 उजूरी पेटिकामा उजूरी नपर्न थालेपछि डोटीका सरकारी कार्यालयमा राखिएका उजूरी बाकस खासै खोल्ने नगरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खेमराज गुरुङले बताए । नागरिकको चाप अधिक हुने मालपोत, यातायात, नगरपालिका, निर्वाचनजस्ता अधिकांश सरकारी कार्यालय कतै पनि उजूरी र गुनासो पेटिकामा नखसेको ती कार्यालयका सूचना अधिकारीहरु बताउँछन् । उजूरी र गुनासा नहुँदा कतिपय कार्यालयका उजूरी पेटिका नै हटाइएका छन् । 

सरकारी कार्यालयमा कामकारवाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीलगायतबारे सेवाग्राहीलाई गुनासो र उजूरी गर्न सहज होस् भन्ने उद्देश्यले उजूरी वा गुनासो पेटिका राखिएको भए पनि जिल्लामा यसको प्रयोग राम्रोसँग हुन नसकेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “सरकारी कार्यालयमा उजूरी पेटिका अनिर्वाय राख्नुपर्छ तर त्यसमा कसले कस्ता गुनासा राख्ने भन्ने ज्ञान नभएका कारण खाली भएका हुन सक्छन् । पीडित वा समस्यामा परेका व्यक्तिले अवश्य गुनासो पत्र हाल्छन् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने