2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका सबै सरकारी कार्यालयमा उजूरीपेटिकामा माकुराको जालो र बारुलाको गोलो

पुस १०, डोटी । डोटीका प्रायः सबै सरकारी कार्यालयका उजूरीपेटिकामा उजूरी नपर्ने गरेका कारण रित्तो हुँदै गएका छन् । सेवाग्राहीका उजूरी तथा गुनासो पत्र राख्नका लागि राखिएका यहाँका कार्यालयका पेटिकामा उजूरी नै नपर्दा हिजोआज बेकामे जस्तै बनेका छन् । यहाँका सबै कार्यालयमा उजूरी पेटिकाका बाकस झुण्डिएको भए पनि ती बाकसमा कुनै पनि उजूरी परेको देखिँदैन । 

अधिकांश उजुरी पेटिकाभित्र माकुराको जालोदेखि बारुलाले गोलो लगाएकासम्म भेटिने गरेको छ । कार्यालयमा सेवा लिएर आउने सेवाग्राही कसैको गुनासो तथा उजूरी नपरेका कारण जिल्लामा पछिल्लो समय सुझाव पेटिका प्रायः सबै प्रयोगविहीन बन्दै गएको स्वयं कर्मचारी बताउँछन् ।

कुनै कार्यालय वा प्रमुखको बारेमा सामाजिक सञ्जाल फेसबुकमा गुनासो लेख्ने प्रवृत्ति बढेका कारण यहाँका सरकारी कार्यालयमा कसैले पनि उजूरी तथा गुनासो नगर्ने गरेको पाइएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताए । उनले भने, “सामाजिक सञ्जालमा गुनासो पोखे चाँडो सुनुवाइ हुने तथा सबैले थाहा पाउने भएकाले फेसबुकमै गुनासो राख्ने क्रम बढेको छ ।” 

नागरिकको बढी चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको भवन नयाँ बनाएर काम शुरु गरे पनि पुरानो शैलीबाट उजूरी लिने सुझाव पेटिका बाहिर झुण्ड्याइएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा राखिएको उजूरी पेटिकामा खासै सुझाव तथा उजूरी नपरेको सो कार्यालयका खरिदार तेजबहादुर खड्काले बताए । उनले भने, “उजूरी पेटीका नै बेकामे त भएका हैनन् तर सेवाग्राहीले उजूरी पेटिकाको विषय र महत्वका बारेमा खासै जानकारी नपाउँदा उजूरी नपरेको हुन सक्छ ।”

 उजूरी पेटिकामा उजूरी नपर्न थालेपछि डोटीका सरकारी कार्यालयमा राखिएका उजूरी बाकस खासै खोल्ने नगरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खेमराज गुरुङले बताए । नागरिकको चाप अधिक हुने मालपोत, यातायात, नगरपालिका, निर्वाचनजस्ता अधिकांश सरकारी कार्यालय कतै पनि उजूरी र गुनासो पेटिकामा नखसेको ती कार्यालयका सूचना अधिकारीहरु बताउँछन् । उजूरी र गुनासा नहुँदा कतिपय कार्यालयका उजूरी पेटिका नै हटाइएका छन् । 

सरकारी कार्यालयमा कामकारवाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीलगायतबारे सेवाग्राहीलाई गुनासो र उजूरी गर्न सहज होस् भन्ने उद्देश्यले उजूरी वा गुनासो पेटिका राखिएको भए पनि जिल्लामा यसको प्रयोग राम्रोसँग हुन नसकेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “सरकारी कार्यालयमा उजूरी पेटिका अनिर्वाय राख्नुपर्छ तर त्यसमा कसले कस्ता गुनासा राख्ने भन्ने ज्ञान नभएका कारण खाली भएका हुन सक्छन् । पीडित वा समस्यामा परेका व्यक्तिले अवश्य गुनासो पत्र हाल्छन् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग