2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै

पुस १०, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजूरी बढिरहेका छन् । पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी आउनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अख्तियारमा ४३२ उजुरी दर्ता भएका छन् ।  आयोगको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले दर्ता गर्न आउने अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । जनप्रतिनिधि तहमा आफू अनुकूल हुने दरबन्दी मिलानलगायत स्थानीय तहको अधिकार दुरुपयोग गरिरहेकोलगायतका शीर्षकमा उजूरी बढ्दै गएका छन् । 

“पछिल्लो समय आयोगले पनि आफ्नो सक्रियता बढाएको छ”, उहाँले भन्नुभयो, “नागरिक चेतनशील भएका कारण उजूरी बढ्दै गएका हुन् ।” स्थानीय तहमा पनि शिक्षा तथा वन कार्यालयसम्बन्धी उजूरी धेरै छन् । आयोगका अनुसार गत वर्षको तुलनामा उजूरीको सङ्ख्यामा वृद्धि भइरहेको छ । “यस प्रदेशमा सबैभन्दा बढी कैलालीे र सबैभन्दा कम बाजुरा जिल्लाका उजूरी छन् ।” सूचना अधिकृत जोशीले भन्नुभयो, “चालू आवको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको एकगरी हालसम्म ४३२ उजुरी दर्ता भएका छन् ।”

गत आव आयोगमा ९१२ उजूरी दर्ता भएका थिए । तीमध्ये आयोगले ७४१ दर्ता उजूरी फछ्र्याैट गरेको जोशीको भनाइ छ । आयोगले गरेको २७ स्ट्रिङ अपरेसनबाट रु ४० लाख ५५ हजार ६५० नगदसहित ४४ जना थलोमै पक्राउ परेका छन् । भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाले सचेतनाको कमीका कारण यहाँ भ्रष्टाचार बढेको जनाएका छन् ।

नागरिक निगरानी संस्था कञ्चनपुरका सचिव कोमलनिरञ्जन भाटले सचेतनाको कमीका कारण सुदूरपश्चिममा भ्रष्टाचारसम्बन्धी उजूरीको सङ्ख्या बढेको बताउनुभयो । “भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाको पहुँच पनि न्यून छ”, सचिव भाटले भन्नुभयो, “राज्यको उपस्थिति भए पनि भ्रष्टाचारविरुद्धको सचेतनाको कमी छ ।” उहाँले भ्रष्टाचार हुन नदिने वातावरण सिर्जना गर्नुपर्ने जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग