२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि …

१० पुष २०७७, शुक्रबार ०९:५९

पुस १०, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी   दिनुभयो । “पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ”, उहाँले भन्नुभयो, “उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।” 

पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाईसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । “ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान गरेका छौँ”, प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले भन्नुभयो, “प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य