साउन १९, खोटाङ । खोटाङ र ओखलढुङ्गामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत् प्रशारण लाइन अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । 

आक्रोशित सर्वसाधारण विद्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, खोटाङ । खोटाङ र ओखलढुङ्गामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत् प्रशारण लाइन अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । 

आक्रोशित सर्वसाधारण विद्यु"/>

2026-07-04 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित

साउन १९, खोटाङ । खोटाङ र ओखलढुङ्गामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत् प्रशारण लाइन अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । 

आक्रोशित सर्वसाधारण विद्युत् प्राधिकरणको कार्यालय दिक्तेल गएर तत्काल विद्युत् सुचारु गराउन ध्यानाकर्षण गराएका छन् । प्राधिकरणबाट बेलुकासम्ममा विद्युत् सुचारु हुने जवाफ पाएपछि आक्रोशित स्थानीय फर्किएको गोपालचन्द्र आचार्यले बताउनुभयो । 

विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालय, वित्तीय संस्था, फोटो तथा फोटोकपी व्यवसाय तथा निजी कामकाज प्रभावित भएको छ । लामो समयम्म विद्युत् अवरुद्ध भएपछि खोटाङका ३९ गाविसका आठ हजार ८५३ उपभोक्ताका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवन प्रभावित भएको हो । 

विद्युत् नआउँदा खोटाङ जिल्लाबाट हरेक शुक्रबार प्रकाशित हुँदै आएको हलेसी खबर साप्ताहिक, आइतबार प्रकाशित हुँदै आएको रुपाकोट खबर साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदै आएको खोटाङ खबर साप्ताहिक पत्रिका प्रकाशन हुनसकेको छैन । लामो समयसम्म विद्युत् अवरुद्ध भएपछि जिल्लामा सञ्चालन हुँदै आएका हलेसी एफएम र रुपाकोट एफएमको प्रशारण समेत बन्द भएको छ । 

उदयपुरको रसुवादेखि साउनेबीचमा ‘फल्ट’ भएकाले विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ । हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरणका निमित्त प्रमुख सुदिप ज्ञवालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो