२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः रमपम झापा–११ फाइनलमा

१७ कार्तिक २०७२, मंगलवार ११:३४

sss4कात्तिक–१७, सुरुङ्गा (सास) । झापामा जारी सुरुङ्गा गोल्ड कपको
फाइनलमा रमपम झापा–११ प्रवेश गरेको छ ।

मंगलबार सुरुङ्गास्थित
कनकाई उच्च माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा–११ ले सरस्वती फुटबल क्लबलाई २–१
गोल अन्तरले हराउँदै फाइलमा प्रवेश गरेको हो ।

खेलमा रमपम
झापा–११ का लागि बुद्ध चेम्जोङ्गले दुई गोल गरे भने सरस्वतीका लागि दिपेश श्रेष्ठले एक गोल गरेका थिए

प्रतियोगिताको पहिलो हाफको २८ औं मिनेटमा सरस्वतीका तर्फबाट
जर्सी नम्बर ८ का खेलाडी श्रेष्ठले आफ्नो टीमलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता दोस्रो हाफमा
टिक्न सकेन ।

निक्कै प्रतिष्पर्धात्मक बनेको खेलको दोस्रो हाफको
२१ औं मिनेटमा जर्सी नम्बर १८ खेलाडी चेम्जोङ्गले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यस लगत्तै,
२४ औं मिनेटमा पुनः उनैले गोल गर्दै झापालाई अग्रता दिलाए ।

प्रतियोगिताको पहिलो हाफमा झापाले गोल गर्ने थुप्रै उत्कृष्ट अवसर पाए पनि सरस्वतीका गोल रक्षक
विनय श्रेष्ठले बचाउ गरेका थिए ।

खेल अवधि भर सरस्वती फुटबल
क्लबका ४ र रमपम झापा–११ का १ खेलाडीलाई फिफा रेफ्री लव खत्रीले पहेँलो कार्ड देखाएका थिए ।

सरस्वतीबाट जर्सी नं. ७ का कुशल श्रेष्ठ, जर्सी नं. १४ का रमेश उराउ, जर्सी
नं. १८ का विदेशी खेलाडी दर्जिब्रिल ट्यारोरा र जर्सी नं. १० का इल्भिस पियर्सले पहेँलो कार्ड पाएका
हुन् ।

त्यस्तै, रमपम झापा–११ बाट जर्सी नम्बर २१ का खेलाडी खमिर
गिल्सन कन्दङ्वाले पहेँलो कार्ड पाएका थिए ।

प्रतियोगितामा रमपम
झापा–११ का तर्फबाट दुई गोल गर्ने खेलाडी बुद्ध चेम्जोङ्ग म्यान अफ द म्याच घोषित भए ।

मंगलबार कनकाई खेलकुद प्रतिष्ठान, झापा र चर्च बोइज युनाइटेड, काठमाण्डौं बीच
प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २० गते,
शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ