२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दवाडी बन्धुको कुल पूजा नाम्फोकमा

२०७२, १७ कार्तिक मंगलवार १४:२२

शान्तिराम
बस्नेत,

कात्तिक–१७, शिवसताक्षी । वशिष्ठ गोत्रिय दवाडी वन्धुहरुको
प्रत्येक ३ वर्षमा हुँदै आएको कुल पूजा यसपटक भारतको दक्षिण सिक्किमको नाम्फोकमा हुने तय भएको छ

गत शनिबार शिवसताक्षी नगरपालिकामा आयोजित दवाडी बन्धुहरुको एक
भेलाले यस्तो निर्णय गरेको हो ।

अघिल्लो वर्षको कुल पूजा देवाली
तेह्रथुमको खाम्लालुङ्गमा भएको थियो । विगतका देवाली पूजा वलि रहित हुने भएकाले यस वर्षको कुलपूजा
देवाली सोही अनुसार नै गरिने डा. हेमन्तराज दवाडीले बताएका छन् ।

भेलामा डा. अस्मिन दवाडी, पेशागत महासंघ झापाका अध्यक्ष रामप्रसाद दवाडी, डा. हेमन्तराज दवाडी,
शिक्षकद्वय युवराज र नारद दवाडी लगायत विशिष्ट दवाडी वन्धुहरुको उपस्थिति रहेको थियो ।

भेलाले दवाडीहरुको वंशावली लामो समयसम्म खोजबिन गरी प्रथम प्रारुप प्रकाशन
गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका रामचन्द्र (थलाराम) दवाडीलाई मरणोपरान्तन कुलपूजाकै अवसरमा
सम्मान गर्ने समेत निर्णय गरेको छ ।

उनको निधन २०७० साल भदौ ३
गते भएको थियो ।

आगामी माघ ६, ७ र ८ गते सम्पन्न हुने कुलपूजाको
प्रचारप्रसार गर्नका लागि छविलाल दवाडी र रामप्रसाद दवाडीलाई जिम्मा दिइएको बताइएको छ ।

दवाडी
वन्धुहरुका ज्येष्ठ वन्धु ओमनाथ दवाडीको अध्यक्षतामा भएको भेलामा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर तथा
सिक्किमका दवाडी वन्धुहको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ