२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दवाडी बन्धुको कुल पूजा नाम्फोकमा

१७ कार्तिक २०७२, मंगलवार १४:२२

शान्तिराम
बस्नेत,

कात्तिक–१७, शिवसताक्षी । वशिष्ठ गोत्रिय दवाडी वन्धुहरुको
प्रत्येक ३ वर्षमा हुँदै आएको कुल पूजा यसपटक भारतको दक्षिण सिक्किमको नाम्फोकमा हुने तय भएको छ

गत शनिबार शिवसताक्षी नगरपालिकामा आयोजित दवाडी बन्धुहरुको एक
भेलाले यस्तो निर्णय गरेको हो ।

अघिल्लो वर्षको कुल पूजा देवाली
तेह्रथुमको खाम्लालुङ्गमा भएको थियो । विगतका देवाली पूजा वलि रहित हुने भएकाले यस वर्षको कुलपूजा
देवाली सोही अनुसार नै गरिने डा. हेमन्तराज दवाडीले बताएका छन् ।

भेलामा डा. अस्मिन दवाडी, पेशागत महासंघ झापाका अध्यक्ष रामप्रसाद दवाडी, डा. हेमन्तराज दवाडी,
शिक्षकद्वय युवराज र नारद दवाडी लगायत विशिष्ट दवाडी वन्धुहरुको उपस्थिति रहेको थियो ।

भेलाले दवाडीहरुको वंशावली लामो समयसम्म खोजबिन गरी प्रथम प्रारुप प्रकाशन
गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका रामचन्द्र (थलाराम) दवाडीलाई मरणोपरान्तन कुलपूजाकै अवसरमा
सम्मान गर्ने समेत निर्णय गरेको छ ।

उनको निधन २०७० साल भदौ ३
गते भएको थियो ।

आगामी माघ ६, ७ र ८ गते सम्पन्न हुने कुलपूजाको
प्रचारप्रसार गर्नका लागि छविलाल दवाडी र रामप्रसाद दवाडीलाई जिम्मा दिइएको बताइएको छ ।

दवाडी
वन्धुहरुका ज्येष्ठ वन्धु ओमनाथ दवाडीको अध्यक्षतामा भएको भेलामा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर तथा
सिक्किमका दवाडी वन्धुहको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली