२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा लामो समयपछि वर्षा

२०७७, २२ पुष बुधबार १२:०८

पुस २२, डोटी | मङ्गलबारदेखि लगातार परेको वर्षासँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यहाँका एक सरकारी तथा दुई निजी अस्पतालमा चिसोका कारण रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेको बताइएको छ । 

चिसोका बिरामीमा नाकबाट पातलो सिँगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललित लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोका कारण जिल्ला अस्पतालमा २० तथा शैलेश्वरी अस्पतालमा १२ जना बिरामी भर्ना भएका छन् । 

जिल्लासहित यहाँका अन्य स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन् । वर्षात्का कारण जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बडीकेदार, बोगटान फुड्सिल, जोरायल, सायल, पूर्वीचौकी गाउँपालिकालगायतका विभिन्न ठाउँमा बिरामीको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने