2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौंडामा ३५ करोड लागतमा बस टर्मिनल निर्माण गर्न संझौता

पौष २४,मकवानपुर।  हेटौंडा उपमहानगरपालिकाले ठुलो लगानीमा निर्माण गर्न लागेको बस टर्मिनल तथा कम्प्लेक्स निर्माणको आज संझौता गरिएको छ । उपमहानगरपालिकाको गौरवको आयोजानका रुपमा रहेको बस टर्मिनलको आज निर्माण कम्पनि संग संझौता गरेर काम सुरु गर्न लागिएको हो ।

कुल ३५ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको बस टर्मिनलको १८ महिनामा निर्माणको काम सक्नेगरी निर्माण कम्पनिलाई जिम्मा दिइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबराज घिमीरे र निर्माण कम्पनिका तर्फबाट ऋसीराज बानियाँका बिचमा संझौता भएको हो । बस टर्मिनल निर्माण गर्नका लागि रसुवा आसिस जेभी निर्माण सेवाले ठेक्का प्राप्त गरेको छ ।

सुन्दर बस पार्क सहितको ब्यापारीक कम्प्लेक्स निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो । तीन तलाको कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । बहुवर्षिय योजना अनुसार बसपार्क निर्माण गर्न लागिएको हो । हेटौंडाको टिसीएनको जग्गालाई उपयोग गर्दै बस टर्मिनल निर्माण गर्न लागिएको छ । संझौता भन्दा अगाबै काम सक्ने निर्माण कम्पनिले दावि गरेको छ । कार्यक्रममा उपमहानगरपालिकाका योजना महासाखाका प्रमुख सत्यनारायण ससाह लगायतकाको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम