२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण

२९ पुष २०७७, बुधबार ०१:४४

पुस २९, रुकुम पूर्व | जिल्ला प्रशासन कार्यालय (रुकुम–पूर्व)ले छ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो ।

गएको आर्थिक वर्षमा भने एक वर्षको अवधिमा एक हजार ७३ लाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको सङ्ख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

कार्यालयको अर्धवार्षिक कार्यप्रगति  प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । यस्तै ३१३ लाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ भने तीन हजार ३८६ पुरानो डाटा इन्ट्री गरिएको प्रतिवेदन प्रजिअ राईले प्रस्तुत गर्नुभएको छ । यस्तै राष्ट्रिय परिचयपत्र वितरणको लागि ९४४ जनाको विवरण दर्ता गरिएको छ । जसमा ६३२ महिला र ३१२ पुरुष छन् ।

अर्धवार्षिक अवधिमा प्रशासन कार्यालयबाट ३१३ ले राहधानीका लागि सिफारिस लिएका छन् । जसमा १३५ महिला र १७८ पुरुष छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै सुझाव सङ्कलन पनि गरेको छ ।

प्रशासन कार्यालयले कार्यालयबाट हुने नियमित कामकाजका साथै अन्य नमूनायोग्य काम पनि गर्दै आएको छ । जिल्लाको शान्ति सुरक्षा, स्थानीय प्रशासन सञ्चालन, नागरिकता वितरण, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, उजुरी छानबिनदेखि लिएर भ्रष्टाचार नियन्त्रण, विकासे कार्यमा सहयोग गर्नुका साथै निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनसम्बन्धी काम गर्दै आएको छ ।

नियमित हुने यी कामकाजसँगै प्रशासन कार्यालयले ‘हरेक दिन नयाँ काम’ अभियान थालनी गरी प्रत्येक दिन एउटा नयाँ काम गर्दै आएको छ भने त्यसको जानकारी प्रत्येक महिनाको अन्त्यमा जानकारी गराइँदै आएको प्रशासनले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान