साउन २०, भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनाका परिवारलाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

समितिको अध्यक्ष एवम् प्रमुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनाका परिवारलाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

समितिको अध्यक्ष एवम् प्रमुख "/>

2026-09-19 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बाढीका कारण मृतकका परिवारलाई राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समिति निर्णय

साउन २०, भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनाका परिवारलाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गर्दै बाढीका कारण झापामा भएका क्षती न्यूनिकरणका प्रयासको समीक्षा पनि गरियो । 

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले झापामा बाढीले १७ गाविस र छ नगरपालिका गरी एक हजार ४५६ घरपरिवारलाई प्रभावित बनाएको जसमा ३१ घरपरिवार पूर्णरुपमा विस्थापित भएको जानकारी दिनुभयो । 

उहाँले बाढीपीडितलाई २५७ थान कम्बल, ५११ थान त्रिपाल, चामल नौ हजार ३०० केजी, दाल एक हजार ३९५ केजी, नुन ४६५ केजी र खानेतेल ९१२ लिटर वितरण गरेको जानकारी दिँदै दोस्रो चरणमा ५११ परिवारलाई राहत बाँड्नुपर्ने जानकारी दिनुभयो । 

यसैगरी, जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ अधिकृत मेघनाथ तिमल्सेनाले झापामा बाढीले ६०० बिगाहा खेत कटान गरेको, एक हजार ७३० बिगाहा खेतलाई डुबानमा पारेको र १३३ बिगाहा खेतमा बालुवाले पुरेको जानकारी दिँदै डुबानमा परेका कृषकलाई पुनः धान रोप्न १० क्विन्टल र ५० केजी धानको बीउ वितरण गरेको जानकारी दिनुभयो । उहाँले रु ४४ लाख लागत बराबरको जलाशय क्षेत्र पोखरी पनि नष्ट भएको पनि जानकारी दिनुभयो । 

कार्यक्रममा चारआलीस्थित नेपाली सेनाका प्रमुख खेमनारायण पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे, महिला विकास अधिकृत इन्दिरा ओझा, सशस्त्र प्रहरीका नायब उपरीक्षक प्रेम प्रसाईं लगायतले वर्षा र बाढीका कारण भएको जनधनका क्षति बारेमा जानकारी दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई