२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

साहित्यकार कोमल पोखरेल सम्मानित

२१ कार्तिक २०७२, शनिबार ११:१२

Komal Sirकात्तिक २१, सुरुङ्गा (सास) । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक एवम्
अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल सम्मानित भएका छन् ।

कनकाई–१
जामुनाबारीमा अवस्थित कालिका मन्दिर परिसरमा सम्पन्न मैनाली समाज झापाको दोस्रो वार्षिक साधारणसभाको
अवसरमा उनलाई सम्मानित गरिएको हो ।

मोफसलमा रहेर पनि नेपाली
साहित्य भण्डारको श्रीवृद्धि गर्न पु¥याएको योगदानको कदर गर्दै गैरमैनाली तर्फ पोखरेललाई ११ हजार १ सय
११ नगदसहित मैनाली साहित्य पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि कञ्चनजंघा एफ.एम.का प्रबन्ध निर्देशक चन्द्र भण्डारी र सभाका
अध्यक्ष समेत रहेका मैनाली समाज झापाका अध्यक्ष मीनप्रकाश मैनालीले दोसल्ला ओढाई, फूलमाला र अभिनन्दन
पत्रले सम्मान गरे ।

प्रमुख अतिथि भण्डारीले साहित्य र कलाको
माध्यमबाट समाज परिवर्तनका लागि योगदान गर्नेको सम्मान हुनु जरुरी रहको भन्दै युगको माग अनुसार सबै
नेपाली एकताबद्ध भएर मात्र आजका समस्या हल गर्न सकिने बताए ।

त्यसै गरी सोही कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील मैनाली बन्धुहरुतर्फ टीकाराम मैनाली
(कनकाई–३) र खगप्रसाद मैनाली(गरामनी–९) लाई विशेष सम्मान गरिएको थियो ।

२०७१ को एसएलसीमा उत्कृष्ट अंक सहित उत्तीर्ण हुने सुरज मैनाली, नीता मैनाली, प्रवेश मैनाली,
सुष्मिता मैनाली, अनिश मैनाली, सुमित मैनाली र सोभिका मैनालीलाई २५ सय नगदसहित काशी मैनाली शिक्षा
पुरस्कारले सम्मान गरिएको थियो । ५ हजार नगद पुरस्कारसहित भीमादेवी मैनाली(चकचकी–७) लाई उत्कृष्ट
बुहारीका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा ७५ वर्ष माथिका
१३ जना ज्येष्ठ नागरिकलाई १ हजार ५ सय नगदसहित सम्मानपत्र, दोसल्ला तथा फूलमालाले सम्मान गरिएको थियो

त्यसरी सम्मानित हुनेमा लक्ष्मीप्रसाद मैनाली, केदारकुमारी
मैनाली, कृपानिधि मैनाली, लोकमाया मैनाली, नुनकुमारी मैनाली, हरिमाया मैनाली(दुवागढी–८), कुलप्रसाद
मैनाली, रामप्रसाद मैनाली, ईश्वरीप्रसाद मैनाली, भागिरथा मैनाली, टेकनाथ मैनाली, हरिमाया मैनाली(
शिवसताक्षी–२) र टंकप्रसाद मैनाली रहेका छन् ।

कार्यक्रममा
समाजका केन्द्रीय सदस्य रामप्रसाद मैनालीको विशिष्ट आतिथ्य रहेको थियो भने सल्लाहकारहरु
डा.लक्ष्मीप्रसाद मैनाली, चन्द्रप्रसाद मैनाली, त्रिलोचन मैनाली, भवानी मैनाली, बालकृष्ण मैनाली लगायतको
आतिथ्य रहेको थियो ।

समाजका उपाध्यक्ष श्रीप्रसाद मैनालीको
स्वागत मन्तव्य रहेको थियो भने मैनालीका आद्यपुरुष काशी जोशीको तस्वीरमा माल्यार्पण गरी शुरु भएको
कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम मैनाली र सहसचिव कुलेन्द्र मैनालीले संयुक्त रुपमा गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ