साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

२० श्रावण २०७३, बिहीबार ०६:५३

साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सास्ती भएको हो । 

लामो समयदेखि एम्बुलेन्स नचलेपछि बिरामीका आफन्तले डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउने गरेका छन् । वर्षाको समयमा बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल ल्याउन समस्या हुने गरेको आफन्तले बताएका छन् । 

एम्बुलेन्स नचलेपछि मान्छेलाई बोकाएर अस्पताल पु¥याउँदा खर्चसमेत बढी हुने खार्मी–५ का युवानेता हर्कराज राईले बताउनुभयो । “मान्छेलाई बिरामी बोकाएर लैजाँदा समयमा अस्पताल पनि पुगिन्न”, उहाँले भन्नुभयो, “समयमा अस्पताल पु¥याउन नपाएपछि कतिपय बिरामीको बाटैमा ज्यानसमेत जाने गरेको छ ।” 

सदरमुकाम दिक्तेलमा समेत नचल्ने एम्बुलेन्स अहिले अस्पताल परिसरमा थन्किएको छ । जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारत सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । 

जिल्लाका सबै गाविसमा सडक सञ्जाल जोडिएको खोटाङ जिल्लामा अहिलेसम्म कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । केही सडक कालोपत्रका लागि प्रक्रियामा रहेपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पूरा हुन नसकेको हो । 

कच्ची सडकका कारण अहिले जिल्लामा एम्बुलेन्ससँगै कुनै पनि सवारीसाधन चल्न सकेको छैन । सवारीसाधन नचलेपछि जिल्लाका सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली