साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सा"/>

2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सास्ती भएको हो । 

लामो समयदेखि एम्बुलेन्स नचलेपछि बिरामीका आफन्तले डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउने गरेका छन् । वर्षाको समयमा बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल ल्याउन समस्या हुने गरेको आफन्तले बताएका छन् । 

एम्बुलेन्स नचलेपछि मान्छेलाई बोकाएर अस्पताल पु¥याउँदा खर्चसमेत बढी हुने खार्मी–५ का युवानेता हर्कराज राईले बताउनुभयो । “मान्छेलाई बिरामी बोकाएर लैजाँदा समयमा अस्पताल पनि पुगिन्न”, उहाँले भन्नुभयो, “समयमा अस्पताल पु¥याउन नपाएपछि कतिपय बिरामीको बाटैमा ज्यानसमेत जाने गरेको छ ।” 

सदरमुकाम दिक्तेलमा समेत नचल्ने एम्बुलेन्स अहिले अस्पताल परिसरमा थन्किएको छ । जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारत सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । 

जिल्लाका सबै गाविसमा सडक सञ्जाल जोडिएको खोटाङ जिल्लामा अहिलेसम्म कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । केही सडक कालोपत्रका लागि प्रक्रियामा रहेपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पूरा हुन नसकेको हो । 

कच्ची सडकका कारण अहिले जिल्लामा एम्बुलेन्ससँगै कुनै पनि सवारीसाधन चल्न सकेको छैन । सवारीसाधन नचलेपछि जिल्लाका सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई