साउन २०, ललितपुर । अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । 

भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । लगनखेलबाट ३५ किलोमिटरको दूरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, ललितपुर । अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । 

भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । लगनखेलबाट ३५ किलोमिटरको दूरी"/>

2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरका पन्ध्र घरपरिवार विस्थापित हुने खतरामा

साउन २०, ललितपुर । अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । 

भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । लगनखेलबाट ३५ किलोमिटरको दूरीमा पर्ने सो स्थानका बासिन्दा यसबाट त्रसित बनेको बताइएको छ । सो स्थानमा बसोबास गर्ने विष्णुप्रसाद घिमिरे, अर्जुन घिमिरे, रामशरण सापकोटा लगायतका घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ । 

पहिरोले व्यक्तिगतरुपमा रहेको सय रोपनी जग्गा खण्ड–खण्डमा परिणत गरेको छ । पहिरोले गर्दा त्यस क्षेत्रमा सवारीसाधन सञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो । दैनिक रुपमा उत्पादन भएको तरकारी, दूध, दुग्धजन्य पदार्थलगायत सामग्री बजारसम्म ल्याउन जटिल समस्या भइरहेको उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल