साउन २०,चितवन । नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०,चितवन । नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ । 
2026-08-30 07:21 AM
चितवन - CTW

नारायणी नदीको डुबानमा परेका बाढीपीडितलाई कीटनाशक झुल र पियुस वितरण

साउन २०,चितवन । नारायणी नदीको डुबानमा परेका यहाँको मङ्गलपुरका बाढीपीडितलाई कीटनाशक झुललगायत सामग्री वितरण गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले मङ्गलपुरको झनझने र शरणपुर क्षेत्रका ११७ घरधुरीमा यसरी सामग्री सहयोग गरेको हो । 

डुबान क्षेत्रमा पानी दूषित हुनसक्ने र लामखुट्टेको प्रकोप बढेको पाइएपछि कीटनाशक झुलसहित हाइजिङ कीट (मञ्जन, ब्रस, साबुन लगायत), पानी शुद्धीकरण गर्ने औषधि वितरण गरिएको रेडक्रस चितवनका वरिष्ठ शाखा अधिकृत जगन्नाथ न्यौपानेले जानकारी दिनुभयो । युनिसेफको सहयोगमा ती सामग्री वितरण गरिएको हो । 

उहाँका अनुसार डुबानमा परेका ११७ घरमा सामग्री उपलब्ध गराइएको हो । यहाँ डुबान भए पनि मानवीय र अन्य ठूलो क्षति भने नभएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

नारायणीको बाढीले यहाँको पश्चिम क्षेत्रमा पर्ने मङ्गलपुरको झनझने र शरणपुरसहित गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान गरेको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो । 

यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनले पनि प्रतिघर तीन दिनलाई पुग्ने गरी पियुस वितरण गरेको विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । 

बाढी पसेपछि खानेपानी दूषित हुने र झाडापखाला तथा अन्य रोग समेत लाग्न सक्ने भएकाले खतरा रोक्न पियुस वितरण गरिएको हो । सो क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने