भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं."/>
२२ मंसिर २०८२, आईतवार
कन्चनपुर - KNC

मृतकका परिवारद्धारा पश्चिमीनाका गड्डाचौकी पूर्ण रुपमा बन्द

२० श्रावण २०७३, बिहीबार ०७:२६

भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ नजिकै मृतकका परिवार र स्थिानियले पूर्ण रुपमा नाका ठप्प पारेका छन् । 

घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको आज १२ दिन भै सक्दा पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नलगाएको भन्दै स्थानियले गड्डाचौकी नेपाल–भारत सीमा अनिश्चित काल बन्द गरेका छन् ।

हत्या गरेको आशका र किटानी जाहेरी समेत दिई समातिएका तिन जना ज्ञानि चन्द, सुवास चन्द र पदम धामी लाई प्रहरीले नियन्त्रमा लिई सोधपूछ गरेको, पदम धामिले घटनाको बेलि विस्तार समेत बताएको, त्यति मात्र नभइ डि.आइ.जि. विजय राज भट्टको प्रत्यक्ष निगरानीमा धामीले घटना स्थलमा मृतकको लास लाई बान्न प्रयोग गरिएको तन्ना घटनास्थलमा पाइएको निज पदमले दिएको व्यानमा स्पष्ट हुन आएको छ । 

घरायसी समान, व्यापारीक प्रयोजन लागि भारत जाने र भारत बाट आउने सम्पुर्ण यात्रु लाई रोकिएको छ भने उपचार र भारतमा रोजगारका लागि जाने पैदल यात्रु लाई कुनै रोक टोक विना जान दिएको छ ।

प्रहरीले छन्विनलाई ढिलासुस्ती गरेको विष्टको हत्या भएको प्रमाण फेला परेको अवस्थामा पनि प्रहरीले अनेक आल टाल गरेर केशलाई फितलो बनाएको भन्दै आक्र्रोसमा आएका स्थिानीयले भारत–नेपाल सिमामा अनिश्चतकाल बन्द गर्ने घोषणा गरेको मृतकका काका भारत विष्टले बताए । 

समाचार तयार गर्ने क्रममा पाइएको जानकारी अनुसार बाटो खोल्न प्रहरीले हस्तक्षेप गरिरहेको  मृतकका काका भरत विष्टले फोन मार्फत बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य