साउन २०, पर्वत । पछिल्ला केही वर्षयता पर्वत जिल्लामा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक रुपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । 

जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ७५"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, पर्वत । पछिल्ला केही वर्षयता पर्वत जिल्लामा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक रुपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । 

जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ७५"/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ७५ विवाहित जोडीको सम्बन्धविच्छेद

साउन २०, पर्वत । पछिल्ला केही वर्षयता पर्वत जिल्लामा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक रुपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । 

जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ७५ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । आव २०७२/७३को साउन महिनादेखि असार मसान्तसम्म ७५ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको पर्वत जिल्ला अदालतले जानकारी दिएको छ । 

अघिल्लो आव २०७१/७२ मा भन्दा आव २०७२/७३मा ७५ प्रतिशत बढीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । आव २०७१/७२ जम्मा ४८ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । तीमध्ये ४३ वटा मुद्दा फछ्र्योट भएका थिए । सम्बन्धविच्छेदका अधिकांश घटना फछ्र्योट भइसकेको जिल्ला अदालत पर्वतका मुख्य न्यायाधीश मोहनराज भट्टराईले जानकारी दिनुभयो । 

श्रीमान् वैदेशिक रोजगारीमा जानु, घरेलु हिंसा सहन नसक्नु, श्रीमतीले सोझै अदालतमा गएर मुद्दा दर्ता गर्दा सहज हुने भएकाले पनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत पर्वतले जनाएको छ । ग्रामीण क्षेत्रका परिवारमा चेतनाको विकास नहुनु, नारी पुरुष समान, महिला अधिकारका कुराहरु, सम्पत्ति तथा अंशलगायतका कारणले सम्बन्धविच्छेद बढेको हो । 

सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउनेमा महिलाकै सङ्ख्या उल्लेख्य रहेको छ । यस वर्ष दुई जना पुरुषले मात्र सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् भने बाँकी सबै महिलाले नै मुद्दा दिएको अदालतले जनाएको छ । 

पुरुष सम्बन्धविच्छेदका लागि अदालतमा आउने धेरै खालका प्रक्रिया पु¥याउनुपर्ने भएकाले र पुरुषले सम्बन्धविच्छेद गर्न खोज्दा महिला तथा घरेलु हिंसालगायतका प्रश्न पनि उब्जिने भएकाले महिला नै बढी मात्रामा सम्बन्धविच्छेदका मुद्दा लिएर आउने गरेको कार्यालयले जानकारी दिएको छ । 

सूचना प्रविधिको विकाससँगै मोबाइल र फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पनि परिवारमा बेमेलको अवस्था सिर्जना गर्ने गरेको पाइएको कानुन व्यवसायीको भनाइ रहेको छ । अर्कोतिर दाइजो र बाबुआमाको दबाबमा विवाह गर्नुपर्नेलगायतका कारणले पनि सम्बन्धविच्छेदलाई बढावा दिएको छ । 

समाजमा शिक्षाको विकास हुने र महिला अधिकारका सवालको प्रचारप्रसार बढ्दै गएकाले पनि परिवारमा सामान्य समस्या आउनेबित्तिकै श्रीमान्–श्रीमती अलग हुने गरेका छन् । कतिपय महिला श्रीमान्सँग अंश लिएर विच्छेद गर्ने गरेका छन् भने कतिपयले सिधै अर्को विवाह गर्ने गरेको पनि अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो