२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा हात्तीले दुई दर्जन घर भत्काए

९ माघ २०७७, शुक्रबार १०:२९

माघ ९, सिरहा । सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीनरचार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले जानकारी दिए ।

सो क्षेत्रमा दिनहुँ तीनरचार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् । हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १०  घर भत्काएको र घरभित्रका धान चामल नष्ट गरेको दहालले बताए । हात्तीले केराबारी तथा धानबाली पनि नष्ट गरेका छन् । दिउँसो उखुबारीमा लुकेर बस्ने र रातको समयमा घर बस्तीमा पसेर हात्तीले आतङ्क नै फैलाएपछि गउँले त्रसित भएका छन् ।    हात्तीको आक्रमणबाट हुने क्षति रोक्नका लागि स्थानीय प्रशासनले आवश्यक पहल भइरहेको जनाइएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिए । उनका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ । उक्त क्षेत्रमा हात्ती हिँड्ने परम्परागत रुट भएकाले पनि हात्तीले वर्षेनि दुःख दिने गरेको छ । त्यस क्षेत्रमा कतिपयले घरटहरा बनाएका छन् । 

हात्तीलाई नुन र रक्सी बनाउन प्रयोग गरिने सामग्री आदि मनपर्ने भएका कारण गाउँमा हात्तीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । हात्तीलाई नुन मनपर्ने आहारा भएकाले नुन खोज्न तथा रक्सी बनाउन प्रयोग गरिएका सामग्रीको गन्धले पनि हात्तीले दुःख दिने गरेको स्थानीय प्रशासनले जनाएको छ । हात्तीको आतङ्क रोक्न नुन भण्डारण नगर्न, रक्सी चुहावट नगर्न तथा केराको बोट नराख्न स्थानीय सरकार र प्रहरी प्रशासनले उर्दी जारी गरिसकेको छ ।

डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ढ्याङग्रो ठट्टाउने, पटका पड्काएर सुरक्षित तवरले हात्ती धपाउने कार्य भइरहेको प्रजिअ कणेलले बताए । जिल्लामा हात्तीले हालसम्म दुई दर्जनभन्दा बढी घर भत्काउनाका साथै धेरैको अन्नबाली नष्ट गरेको छ । मानवीय क्षति भने भएको छैन । विगत २५ दिनदेखि हात्तीको समूहले विभिन्न स्थानमा दुःख दिइरहेको छ । कोशी टप्पु राष्ट्रिय निकुञ्ज वा झापा र सुनसरीबाट हात्ती आएको हुनसक्ने प्रशासनले जनाएको छ । झापा, सुनसरी, उदयपुर, सिराहा हुँदै अहिले कमलानदी किनारमा हात्ती पुगेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ