साउन २०, कञ्चनपुर । शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । 

शिक्षा कार्यालयको भौतिक वमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १९२ विद्यालयसँग निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, कञ्चनपुर । शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । 

शिक्षा कार्यालयको भौतिक वमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १९२ विद्यालयसँग निर्मा"/>

2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका एक सय ५५ विद्यालयको खाता रोक्का

साउन २०, कञ्चनपुर । शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । 

शिक्षा कार्यालयको भौतिक वमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १९२ विद्यालयसँग निर्माण सम्झौता गरिएको थियो । 

शिक्षा कार्यालयले गत वर्षको असार मसान्तमा सम्पन्न हुने गरी विद्यालयसँग रु ११ करोड १६ लाखको सम्झौता गरेको थियो । सम्झौताअनुसार असार मसान्तमा काम नभएपछि अन्तिम किस्ता रोक्का गरिएको हो । कार्यालयका अनुसार ती सबै विद्यालयको रु एक करोड २७ लाख १७ हजार ५०० रकम रोक्का गरिएको छ । 

कार्यालयका लेखा अधिकृत दुर्गादत्त पन्तले निर्माण सम्पन्न नभएपछि प्राविधिक फाँटको सिफारिसमा अन्तिम किस्ता रोक्का गरिएको बताउनुभयो । हालसम्म ३७ विद्यालयले मात्रै सम्झौता अनुसारको भुक्तानी लिएका छन् । तीबाहेकका अन्य विद्यालयको रकम रोक्का गरिएको अधिकृत पन्तले बताउनुभयो । 

शिक्षा कार्यालयले भौतिक पूर्वाधारमा सम्झौता गरेपछि ३० प्रतिशत, त्यसपछि प्राविधिक प्रतिवेदनका आधारमा ४० प्रतिशत र काम सम्पन्न भएपछि अन्तिम किस्ता ३० प्रतिशत रकम विद्यालयका खातामा पठाउने गरेको छ । 

शिक्षा कार्यालयले गत माघ र फागुनमा भौतिक पूर्वाधारको रकम सम्बन्धित विद्यालयको खातामा पठाएको थियो । शिक्षा कार्यालयका लेखा अधिकृत पन्तले पनि विगतदेखि नै काम नभएपछि रकम रोक्का हुँदै आएकाले यस वर्ष पनि रोकिएको बताउनुभयो । 

कार्यालयले अन्तिम किस्ता रोक्का गरे पनि विद्यालयले त्यस अघिका दुई किस्ताको खाताबाट रकम झिकेर खर्च गरिसकेका छन् । 

बेदकोट नगरपालिकाको धरमपुरस्थित मुक्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक कल्यान ओझा व्यवस्थापन समितिको बेवास्ता, निर्माण समिति गठन, स्थानीयलाई भवन निर्माणसम्बन्धी जानकारी नहुने, समान खरिदमा हुने मोलमलाई र प्राविधिकको कमजोरीले सामुदायिक विद्यालयले सम्झौताअनुसार निर्माण कार्य गर्न नसकेको बताउनुभयो । 

शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले निर्माण सम्पन्न नभएपछि सम्बन्धित विद्यालयको खाता रोक्का गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई