२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

डाक्टरको वेवास्ताले विरामीको मृत्यु

२०७२, ३० कार्तिक सोमबार ०२:१९
File
Photo

फाइल फोटो

कात्तिक ३०, पृथ्वीनगर । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा
बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आइतबार अञ्चल अस्पताल घेराउ गरेका छन् ।
शनिबार
दिउँसो सामान्य बिरामी भएर अस्पताल भर्ना गराइएका पृथ्वीनगर–६ सोमबारेका हर्क थेवेकी ४५ दिनकी छोरीको
उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो ।

शरीरमा अक्सिजनको
मात्रा कम भएर अस्वस्थ बनेकी ती शिशुलाई सामान्य अवस्थामा अस्पताल ल्याई पुर््याइए पनि आकस्मिक कक्षमा
रहेका स्वास्थ्यकर्मीले समयमै उपचार दिन ध्यान नदिएर अन्यत्रै अलमल गरेपछि स्वास्थ्य अवस्था गम्भीर भई
ज्यान गएको आफन्त खड्गबहादुर लिम्बुले आरोप लगाएका छन् ।

अक्सिजन अभावको बहानाः

उनका अनुसार
उपचार कक्षमा जिम्मेवारी पाएका चिकित्सकले अक्सिजन अभाव भएको बहानामा बिरामीको जाँच नगर्दा अर्को
अस्पताल लानुपरेको र लाने क्रममा बाटामै मृत्यु भएको थियो ।

‘जनगुनासो न्यून गर्न लागि पर्छु’:

यता अस्पताल परिसरको तनाव अन्त्य गर्न निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा पिताम्बर
ठाकुरले पीडित पक्षसँग गरेको छलफलमा केही समय यता अस्पतालमा कार्यरत चिकित्सकको व्यवहारबारेमा जनगुनासो
बढ्दै गएको स्वीकार्दै त्यसलाई न्यून गर्न आफू लाग्ने प्रतिवद्धता जनाएका थिए ।

प्राविधि सेवा सहयोगमा ढिलाइः

अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक सामग्री भएपनि आइसियु कक्ष सञ्चालनमा सरकारले प्राविधिक
सेवा सहयोग प्रदान गर्न ढिलाइ गर्दा समस्या भएको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह