१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

डाक्टरको वेवास्ताले विरामीको मृत्यु

३० कार्तिक २०७२, सोमबार ०२:१९
File
Photo

फाइल फोटो

कात्तिक ३०, पृथ्वीनगर । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा
बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आइतबार अञ्चल अस्पताल घेराउ गरेका छन् ।
शनिबार
दिउँसो सामान्य बिरामी भएर अस्पताल भर्ना गराइएका पृथ्वीनगर–६ सोमबारेका हर्क थेवेकी ४५ दिनकी छोरीको
उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो ।

शरीरमा अक्सिजनको
मात्रा कम भएर अस्वस्थ बनेकी ती शिशुलाई सामान्य अवस्थामा अस्पताल ल्याई पुर््याइए पनि आकस्मिक कक्षमा
रहेका स्वास्थ्यकर्मीले समयमै उपचार दिन ध्यान नदिएर अन्यत्रै अलमल गरेपछि स्वास्थ्य अवस्था गम्भीर भई
ज्यान गएको आफन्त खड्गबहादुर लिम्बुले आरोप लगाएका छन् ।

अक्सिजन अभावको बहानाः

उनका अनुसार
उपचार कक्षमा जिम्मेवारी पाएका चिकित्सकले अक्सिजन अभाव भएको बहानामा बिरामीको जाँच नगर्दा अर्को
अस्पताल लानुपरेको र लाने क्रममा बाटामै मृत्यु भएको थियो ।

‘जनगुनासो न्यून गर्न लागि पर्छु’:

यता अस्पताल परिसरको तनाव अन्त्य गर्न निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा पिताम्बर
ठाकुरले पीडित पक्षसँग गरेको छलफलमा केही समय यता अस्पतालमा कार्यरत चिकित्सकको व्यवहारबारेमा जनगुनासो
बढ्दै गएको स्वीकार्दै त्यसलाई न्यून गर्न आफू लाग्ने प्रतिवद्धता जनाएका थिए ।

प्राविधि सेवा सहयोगमा ढिलाइः

अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक सामग्री भएपनि आइसियु कक्ष सञ्चालनमा सरकारले प्राविधिक
सेवा सहयोग प्रदान गर्न ढिलाइ गर्दा समस्या भएको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै