२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा २४ सयलाई कोभिड–१९ विरुद्धको खोप

१३ माघ २०७७, मंगलवार १५:३५

माघ १३, नुवाकोट | सरकारले कोभिड–१९ विरुद्ध भारतबाट अनुदानमा ल्याएको खोप नुवाकोट पनि ल्याइएको छ । पहिलो चरणमा दुई हजार ४०२ जनालाई उपलब्ध गराउने योजना बनाइएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञपित जारी गर्दै जिल्लाका पालिकालाई खोप सेवा उपलब्ध गराउने तालिकासमेत सार्वजनिक गरेको छ ।  यही माघ १४ देखि  १९ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिने र  स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाइकर्मी, एम्बुलेन्स चालक तथा कोभिड–१९बाट मृत्यु भएकाहरुको दाहसंस्कारमा संलग्नलाई खोप सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

अभियानका लागि त्रिशूली जिल्ला अस्पताल र खरानीटार अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने बताइएका छ ।  घिमिरेका अनुसार पहिलो चरणको खोप अभियानका लागि खोपलगायत आवश्यक सामग्री प्राप्त भइसकेको छ । 

स्वास्थ्य संस्थाबाट नियमित सेवा अवरुद्ध नहुने गरी पालिकानुसार दुई समूह बनाएर खोप लगाउने कार्यक्रम बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट मंगलबारसम्म एक हजार १२६ संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार २४ जना निको भएको र एक जनाको ज्यान गएको छ । हाल जिल्लामा ९९ संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने