२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा पहिलो खोप डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले लगाए

२०७७, १५ माघ बिहीबार ०७:५५

दान बहादुर बुढा । माघ १५, मुगु । हिमाली जिल्ला मुगुमा कोभिड –१९ विरुद्धको कोभिशिल्डको पहिलो खोप जिल्ला अस्पताल मुगुका डाक्डर कविर पौड्यालले शुभारम्भ गरेका छन् । 

बुधबार पहिलो दिन डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले खोप लगाएका हुन । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी लगायत कोभिड १९ महामारी विरुद्धको अग्रपंक्तिमा खटिने व्यक्ति स्वास्थ्यकर्मीहरु लाई लगाउने निर्णय गरे पछि मुगुमा पहिलो खोप डा.  पौड्याल र अर्को डाक्टर निर्मल नगरकोटि  सहित अन्य स्वास्थ्यकर्मीले लगाएको जिल्ला अस्पताल मुगुले जनाएको छ । 


खोप लिएपछि डा. पौड्यालले विश्व लाईनै आक्रान्त पारेको अवस्थामा  कोरोना विरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकामा महामारी शुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि सरकारप्रति सकारात्मक सन्देश जाने आस रहेको आफूले लिएको जानकारी दिए ।  


आज उद्धघाटनमा जिल्ला अस्पताल मुगुमा ४० जनाले कोरोना भाईरसको कोभिसिल्ड खोप लगाएका छन् । जिल्ला अस्पताल मुगुले दिएको जानकारी अनुसार जिल्ला प्राथमिक स्वास्थ्य केन्द्र , ईकाई स्वास्थ्य केन्द्र लगयात अन्य गरि ७ सय ९४ जना स्वास्थ्य कर्मी रहेको जिल्ला अस्पताल मुगुका डा. निर्मल नगरकोटिले जानकारी दिए ।  उनले भने मुगुमा २ सय मात्र खोप आएको छ यो खोप यहाका स्वास्थ्यकर्मी लाई लगाउन पुग्दैन यसै समस्या लाई मध्ये नजर गर्दे यहाका पत्रकार , सुरक्षाकर्मी र कोभिड १९ सम्बन्धि अग्रपंक्तिमा खटिने नागरिक लाई लगाउने गरि १ हजार ५ सय खोप आवश्यक रहेको र त्यहि खोप मुगुमा तत्काल झिकाउने प्रयास गर्ने बताए । 


आज खोप लगाउन छुटेका लाई भोली बाट समय  मिलाएर छायानाथ रारा नगरपालिका र सोरु , खत्याड , मुगुम कार्मारोगं  गाउँपालिकाका स्वास्थ्य कर्मचारीलाई समेत लगाइने भएको जनाइएको छ । यस्तै आज लगाउन बाँकी रहेका जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारी र जिल्ला अस्पतालका कर्मचारीलाई भोलीबाट लगाउन शुरु गरीने भएको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु