३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा वर्डफ्लु देखियो

१७ माघ २०७७, शनिबार १४:१९

माघ २७, काठमाडौं । सरकारले बर्डफ्लुका लागि सतर्कता अपनाइए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । 

पंक्षीजन्य वस्तु मर्न थालेपछि साङ्लेखोला, फुटुङका स्थानीयले परिक्षण गरेका थिए । बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण नसंक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको विभागले जनाएको छ । 

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुसेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरिएको विभागले जनाएको छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।

विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै गर्न गराउन,फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न गराउन, सम्पूर्ण पंक्षीपालक कृषकहरुको फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन