गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम झुलावासीहरुले अव वन्ने स्थानिय तहको पुर्नसंरचनामा झुलाको भेडाखेत केन्द्र वन्नेगरी एउटा गाउँपालिका वनाउन माग गरेका छन । झुलाको भेडाखेत अपाई पर्नेभए वाँफिकोटको छिनखेतलाई गाउँपालिकाको केन्द्र वनाउन माग गरिएको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम झुलावासीहरुले अव वन्ने स्थानिय तहको पुर्नसंरचनामा झुलाको भेडाखेत केन्द्र वन्नेगरी एउटा गाउँपालिका वनाउन माग गरेका छन । झुलाको भेडाखेत अपाई पर्नेभए वाँफिकोटको छिनखेतलाई गाउँपालिकाको केन्द्र वनाउन माग गरिएको छ ।<"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

सानीभेरी गाउँपालिका नाम राखेर गाउँ पालिका वनाउन माग

२०७३, २० श्रावण बिहीबार १२:२८

गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम झुलावासीहरुले अव वन्ने स्थानिय तहको पुर्नसंरचनामा झुलाको भेडाखेत केन्द्र वन्नेगरी एउटा गाउँपालिका वनाउन माग गरेका छन । झुलाको भेडाखेत अपाई पर्नेभए वाँफिकोटको छिनखेतलाई गाउँपालिकाको केन्द्र वनाउन माग गरिएको छ ।

रुकुमका झुला सहित पिपल, पोखरा, दुली, मग्मा र वाँफिकोटलाई मिलाएर गाउँ पालिका वनाउन उनिहरुको सुझाव छ । अहिलेको गाविस कार्यालयलाई गाउँपालिकामा वडाको केन्द्र वनाउने निर्णय गरिएको छ । 

साथै त्यो क्षेत्रमा वन्ने गाउँपालिकाको नाम सानीभेरी गाउँपालिका राख्न माग गरिएको छ । आज झुलामा भएको गाविस स्तरिय स्थानिय तह पुर्नसंरचना सम्वन्धि अभिमुखिकरण कार्यक्रमवाट यस्तो निर्णय गरिएको हो । 

गाविस सचिव यज्ञवहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाली काँग्रेसका धिरेन्द्रकुमार शाही, नेकपा एमालेका मनवहादुर केसि, माओवादी केन्द्रका कविराम देवकोटा लगाएत राजनैकि दलका प्रतिनिधिहरु, शिक्षक, वडा नागरिक मञ्चका अध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो ।

यस्तै, रुकुम सिम्ली गाविस मा पनि स्थानिय तहको पूर्णसंरचनाका विषयमा छलफल गरिएको छ ।

गाविस सचिब मिनाराम के.सी.को अध्यक्ष्यतामा भएको छलफल कार्यक्रममा राजनैतिक दल, शिक्षक बुद्धिजिवी, महिला तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रममा स्थानिय तहको पूर्णसंरचना गर्दा सिम्ली गाविसलाई केन्द्र बनाएर छिमेकी ६ वटा गाविसको गाउपालिका गराउन जोडदार माग राख्ने निर्णय गरिएको छ । 

गाउँपालिकाको लागि कार्यबिधिमा भएको सम्पूर्ण आधारहरु सिम्लीमा रहेता पनि सिम्ली र त्यस क्षेत्रका गाविसलाइ उपेक्षा गरि विलय गराउने जस्ता कुरा आयपछि त्यस क्षेत्रका जनता आक्रोसित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी