2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा सात मतदानस्थल थप्न सिफारिस

माघ २१, सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।

कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सिफारिश भएको हो । कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा र गोलन्जोर गाउँपालिकाको नाकाजोलिमा मतदानस्थल थप्न भनिएको छ ।  नागरिकले धेरै टाढा, घण्टौँसम्म पैदल हिँडेर मतदान गर्दै आएको र भूगोल र मतदाताको सङ्ख्याका आधारमा मतदानस्थल थप गर्न जिल्लामा भएको सहमतिका आधारमा आयोगलाई सिफारिस गरिएको उहाँको भनाइ छ ।

निर्वाचन कार्यालयले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि केन्द्रको तयारीअनुसार नै कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ । आयोगमा कार्यालयले कार्यतालिकाअनुसार मतदाताको नामावली अद्यावधिक गर्नसमेत पठाएको जानकारी दिनुभयो । २०७४ सालमा एक लाख ८१ हजार ५२६ मतदाता रहेका थिए । कार्यालमा पुस ५ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा समावेश भएका एक लाख ९२ हजार ३९५ जनाको फोटोसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो