2026-09-12 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा बन्दको प्रभाव सामान्य,कञ्चनपुरमा अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

माघ २२, अमरगढी । डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल÷नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन । 

जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमहडतालसहित प्रचण्ड–माधव समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । 

बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्चालन गरिएको छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो ।

अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हँुदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो ।

 बसका रहेका यात्रु भने सकुसल रहेको उहाँले जानकारी दिनुभयो । “ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन”, उहाँले भन्नुभयो, “खोजी कार्य जारी राखेका छौँ ।”यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पु¥याउने कार्य गरिरहेको छ । बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह