2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत् दलका नेताहरु एउटै मञ्चमा

मङ्सिर ७,
बर्तामोड ।
सत्ता पक्षीय, प्रतिपक्ष, आन्दोलनरत् दलका झापाका नेताहरुले एउटै मञ्चमा उपस्थित
भएर तत्काल मधेश आन्दोलनलाई निकास दिँदै संविधानको कार्यान्वयनमा अग्रसर हुन सुझाव दिएका छन्

jhapa news

संवाद समूहको
सचिवालय झापाको संयोजनमा आज बिर्तामोडमा ‘संविधानको कार्यान्वयनः सीमांकन र मधेश आन्दोलनको निकास’
विषयमा गरेको छलफलमा दलका नेताहरुले बार्ता र संवादकै माध्यमबाट तत्काल समस्याको समाधान गर्न आग्रह
गरेका छन् ।

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले आन्दोलनको
स्वरुप परिवर्तन गर्नु, आन्दोलनलाई शान्तिपूर्ण बनाउन तथा सडक आन्दोलन स्थगित गरी संसद र टेवलबाटै
समाधान खोज्न आग्रह गरेका थिए । मधेशवादी दलका नेताहरुले आन्दोलनलाई सम्बोधन गर्न र आफ्नो जहायज माग
पूरा गर्न सरकारलाई गम्भीर हुन आग्रह गरे ।

उनीहरुले आन्दोलनरत्
पक्ष र सरकार दुबै लचकताका साथ प्रस्तुत भई निर्णायक वार्ता गर्नुपर्नेमा जोड दिए । छलफलमा कसैको
भावनामा चोट पु¥याउन नहुने र सामाजिक सद्भाव, राष्ट्रिय अखण्डता र स्वाधीनता रक्षाका लागि सबै पक्ष
गम्भीर हुनुपर्ने समेत साझा धारणा राखियो । अधिकांश नेताहरुले सीमांकनको क्रममा झापा, मोरङ, सुनसरीलाई
टुक्र्याउन नहुने वरु ती तीन जिल्लाको छुट्टै प्रदेश भने बनाउँदा उपयुक्त हुने सुझाव दिएका छन्

दलका नेताहरुले सरकारमा सहभागी सबै दलले समस्या समाधान गर्ने
गरी तत्काल साझा धारणा सार्वजनिक गरेर निर्णायक बार्ता प्रक्रिया अगाडि बढाउनुपर्नेमा समेत जोड दिए ।
सांसद मनकुमार गौतम, नेपाली कांग्रेसका उपसभापति देउमान थेवे, नेकपा एमालेका सचिव मदन अधिकारी, एकीकृत
नेकपा माओवादीका उपाध्यक्ष राजु आचार्य अग्नि, राप्रपा नेपालका मेची अञ्चल सचिव कुमार भट्टराई, नेकपा
मालेका सचिव नवराज खरेलले संविधानले कसैलाई विभेद नगरेको बताउँदै कही कमजोरी भएको रहेछ भने संवादका
माध्यमबाट संशोधन गर्दै सबैका अधिकार ग्यारेन्टी गर्नुपर्ने बताए ।

नेकपा क्रान्तिकारी माओवादीका सेक्रेटरी रोशन कन्दङवा, तमलोपाका केन्द्रीय सदस्य तथा जिल्ला
अध्यक्ष त्रिनारायण राजवंशी, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष भरतसिंह राजवंशी, सद्भावना पार्टीका
अध्यक्ष सूर्यनारायण गणेशले मधेशका जहायज माग पूरा गर्न ढिला गरे मुलुक झन गम्भीर संकटमा फस्ने बताए ।
उनीहरुले कसैले पनि आफ्नो गोरुको बाह्रै टक्का भनेर अडानमा बस्नु हुने भन्दै लचकताका साथ प्रस्तुत भएर
समस्या समाधानमा गम्भीर बन्न सरकार, मुख्य राजनीतिक दल र आन्दोलनरत् दलका केन्द्रीय नेतृत्वलाई सुझाव
दिएका छन् ।

मधेशवादी दलहरुले मधेशको समस्यामा मुख्य राजनीतिक
दल, नागरिक समाज नबोलेको गुनासो समेत गरे । उनीहरुले समेत झापा, मोरङ, सुनसरीका आदिवासी, मधेशी लगायत
सबैको पहिचान कायम हुने गरी छुट्टै प्रदेश बनाउनुपर्ने तर जिल्ला भने टुक्र्याउन नहुने धारणा राखे ।
त्रिनारायण राजवंशीले भने जिल्ला टुक्र्याएर भए पनि मधेशमा दुई प्रदेश बनाउँदै मधेशी जनतालाई अधिकार
सम्पन्न बनाउनुपर्ने अडान राखेका थिए । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र
भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई