२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीका जिल्लामा हिमपात

२३ माघ २०७७, शुक्रबार १०:५२

दान बहादुर बुढा । माघ २३, मुगु । साविकका कर्णालीका हिमाली जिल्ला मुगु सहित जुम्ला , हुम्ला , कालिकोटमा लामो समय पछि विहिबार राती देखि हिमपात भएको छ । माघ महिनाको अन्तिम सातामा हिमपात हुदा मुगु सहित कर्णालीका कृषकहरु खुसि भएका छन् ।

विहिबार मध्यान्ह देखि मुगुमा बादल लाग्नुका साथै मध्ये राति राति देखि  वर्षा सँगै हिमपात हुँदा यति खेर मुगुमा चिसो बढेको छ । राति देखि आएको हिमपातले मुगुमा तापक्रम माइनस १२ डिग्रीमा  झरेको छ । त्यस्तै हुम्लामा माईनस मा झरेको छ भने जुम्लामा माईनस ३ मा झरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । 

प्रजिअ थापाका अनुसार बजार क्षेत्रका आसपासमा सामान्य रुपमा हिपमपात भएको छ भने उच्च भेगमा अलि अलि हिमपात भएको जानकारी दिए । यस्तै डोल्पामा भने सदरमुकाम दुनैमा हिमपात सामान्य रहेको छ भने उच्च क्षेत्रमा हिमपात भएको हो । यस्तै मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिकाका उच्च भेगमा बाक्लो मात्रा हिमपात भएको यहाका स्थानीयले बताएका छन् । 

यतिखेर सदरमुकाम गमगढी बजारमा सामान्य वर्षा भएको छ । यतिखेर जिल्लामा हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका , मुगुमकार्मारोगं गाउपालिका , सोरु गाउपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन् । 

कृषि क्षेत्रमा फलदायि

माघ महिनाको अन्तिम सातामा परेको हिमपातले जेठ महिनामा  पाक्ने अन्न बालि उवा, गहुँ, जौलाई फाइदा हुने हुँदा कृषक हर्षित  भएका छन् । यहाका खेतबारीमा लगाइएका अन्न बालिहरु पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमै वर्षा नुहदा किसानहरु चिन्तित बनेका थिए भने विहिबारबाट हिमपात हुँदा किसानहरु खुसि भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल बहादुर सुनारले बताए । 

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा कर्णाली सँगै मुगुका कृषक धेरै हर्षित भएका छन् । मुगुमा यो वर्षको पहिलो पटक हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह