साउन २१, बुटवल । रुपन्देही व्यापार सङ्घले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई रु १० लाख प्रदान गरेको छ । 

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी वाणिज्य क्याम्पसलाई रु १० लाखको चेक प्रदान गरेको हो । सङ्घका अध्यक्ष मोतीलाल पाण्डे र रुपन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, बुटवल । रुपन्देही व्यापार सङ्घले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई रु १० लाख प्रदान गरेको छ । 

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी वाणिज्य क्याम्पसलाई रु १० लाखको चेक प्रदान गरेको हो । सङ्घका अध्यक्ष मोतीलाल पाण्डे र रुपन"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी वाणिज्य क्याम्पसलाई दश लाख प्रदान

२१ श्रावण २०७३, शुक्रबार ०३:१९

साउन २१, बुटवल । रुपन्देही व्यापार सङ्घले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई रु १० लाख प्रदान गरेको छ । 

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी वाणिज्य क्याम्पसलाई रु १० लाखको चेक प्रदान गरेको हो । सङ्घका अध्यक्ष मोतीलाल पाण्डे र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद ओझालाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो । 

सङ्घले सामाजिक उत्तरदायित्व बहन गर्नेगरी क्याम्पसलाई १० लाख रुपैयाँ सहयोग गरेको रुपन्देही व्यापार सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । प्रजिअ ढकालले शैक्षिक क्षेत्रमा व्यापार सङ्घले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जानुपर्ने सुझाव दिनुभयो । 

रकम हस्तान्तरणपछि लुम्बिनी वाणिज्य क्याम्पस समितिका अध्यक्ष राजेन्द्रप्रसाद ओझाले सङ्घले गरेको सहयोगको उचित व्यवस्थापन गर्दै यसबाट गरिव विद्यार्थीले पढ्न पाउने बताउनुभयो । 

वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख ईश्वर गौतमले व्यवस्थापन सङ्कायमा वाणिज्य क्याम्पस अग्रणीको रुपमा उभिएकाले अझै यसलाई विश्वविद्यालयका रुपमा लैजान सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान