नन्दराम जैशी, साउन २१ जुम्ला । जुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको गत आर्थिक बर्ष ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको दुइ दिने बार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थीत सरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, साउन २१ जुम्ला । जुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको गत आर्थिक बर्ष ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको दुइ दिने बार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थीत सरक"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा ३० कार्यालयद्धारा गत आब ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा

२१ श्रावण २०७३, शुक्रबार ०३:२९

नन्दराम जैशी, साउन २१ जुम्ला । जुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको गत आर्थिक बर्ष ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको दुइ दिने बार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थीत सरकारी तथा गैर सरकारी कार्यालयहरुले गत आर्थिक बर्ष ०७२/७३ मा आ आफ्नो कार्यालयद्धारा संचालित योजना तथा कार्यक्रमबारे जानकारी गराएका छन् ।

जिविस जुम्लाद्धारा आयोजित बार्षिक समिक्षा कार्यक्रममा हिजो र आजगरी जिल्ला स्थीत ३० वटा सरकारी तथा गैर सरकारी कार्यालयले बार्षिक संचालित कार्यक्रम, कार्यक्रमको उपलब्धी, सिकाइ तथा चुनौतिका बिषयमा जानकारी गराएका हुन् । जसमा बुधबार १५ र बिहिबार १५ गरी ३० वटा कार्यालयहरुले गत आर्थिक बर्ष ०७२/७३ मा आ आफ्नो कार्यालयद्धारा संचालित योजना तथा कार्यक्रमबारे जानकारी गराएका हुन् ।

समिक्षा कार्यक्रमको समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले विकासे रकम फ्रिज फाल्ने प्रविधिको अन्त्य गर्दै खर्चको दरलाई बढाउनु पर्ने बताए । जिल्लाको विकासका लागि आगामि दिनमा सबै एकबद्ध हुनु पर्ने उहाको भनाइ छ । जिल्लाको कुडारी ताम्ती जोड्ने सडक खण्डका उपभोक्ताहरुले बजेट भुक्तानी नपाएको र जिविस बाट त्यहि शिर्षकको २४ लाख रकम फ्रिज जानुमा जिविसकै कमजोरी रहेको उहाको तर्क छ । स्थानिय विकास अधिकारी राजेश पौडेलले जिल्लाको विकासका लागि राजनैति दलहरुको समन्यात्मक भुमिका रहेको भन्दै कुनै पनि निकाएले आफ्नो स्वार्थका लागि राजनैतिक पुर्वाग्राहि ढंगबाट प्रस्तुत हुनुनै विकासमा बाधा पुग्ने तबाए ।

माओबादि केन्द्र जुम्लाका जिल्ला सदस्य दिपक गौतमले विकास निमार्ण कार्यमा राजनैतिक दलको आपसी खिचातानीले सर्वसाधारणहरुमा असर परेको बताए । नेपाली काँग्रेस जुम्लाका पार्टी प्रतिनिधि खड्ग बहादुर सेजुवालले सधै अरुलाई मात्र दोष दिनु भन्दा सबै निकाय तथा क्षेत्र पहिले स्वयम आफै परिवर्तन हुन जरुरी रहेको बताए ।

नेकपा एमाले जुम्लाका पार्टी सचिव आदि प्रसाद न्यौपानेले जिल्लाको विकासका दृष्टिले सरकारी कार्यालय देखाउने र गैरसरकारी संघ संस्थाहरु चपाउने दात भएको उल्लेख गरे । नेमकिपा जुम्ला अध्यक्ष शिबलाल डाँगीले सरकारी तथा गैर सरकारी निकायहरुले संचालन गरेका परियोजनाहरुमा बास्तविक उपभोक्ताहरको नाम र खर्चको विवरणमा पार्दशिता नदेखिएको बताए । आगामि दिनका वार्षिक समिक्षामा प्रत्यक विषयगत कार्यालयका प्रमुख अनिवार्य उपस्थित हनु पर्नेमा उनको जोड रहेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली