२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

छाडियो ७० गोही नदीमा

२०७७, २६ माघ सोमबार ०८:३५

माघ २६, चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीका अनुसार अब छोड्ने गोहीलाई  लोथर नजिकै राप्ती नदीमा छोडिने छ ।

यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो । विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।

  निकुञ्जको प्रजनन केन्द्रमा हाल ५८२ वटा गोही रहेका छन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ । तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ ।

मरे पाँच हात्ती

 चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका छन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार ५५ वर्षको दीपेन्द्र गज क्षयरोगले, ७५ वर्षको सुन्दरमाला बुढो भएर, २२ वर्षको विक्रमप्रसाद वामपुड्को र रोगी भएर मरेका हुन । जन्मेको १८ दिनमा अप्सराकली अकस्मात बिरामी भएर मरेको हो भने ४५ वर्षको शङ्करप्रसादको सानो आन्द्रा वटारिएर गाँठो परेसँगै पेट फुलेर मरेको हो ।

 श्रेष्ठले शङ्करप्रसाद क्षयरोगका कारण मरेको हो की भन्ने आशङ्का गरिएको भए पनि पोष्टमार्टमपछि क्षयरोग नभएर आन्द्रा फुलेर मरेको पाइएको बताउनुभयो । बच्चा बिरामी भएको थाहानै ढिलागरी पाइएकाले बचाउन नसकिएको उहाँको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्राकृतिक कारणबाट धेरै हात्ती मरेपछि चिकित्सकसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको उहाँले जानकारी दिनुभयो । केही हात्तीको क्षयरोग परीक्षणका लागि नमूना लिएर पठाइएको छ । बरालले यहाँ परीक्षण नहुने भएपछि काठमाडौँ पठाइएको बताउनुभयो ।  

यस वर्ष धेरै हात्ती मरेसँगै निकुञ्जमा हात्तीको स्वास्थ्यको विषयमा विशेष ख्याल गर्न थालिएको छ । विगतमा निकुञ्जका हात्तीमा क्षयरोग फैलिएर हात्ती मर्न थालेपछि औषधि खुवाइएको थियो । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।

त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ ।  विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा