साउन २१, म्याग्दी । पहिरोको कारण म्याग्दीको दग्नाम गाउँ उच्च जोखिममा परेको छ । लामो समयसम्म परेको बर्सातका कारण पहिरो जान थालेपछि गाउँ पहिरोको जोखिममा परेको हो । 

दग्नाम– १, ३, ४ र ६ नम्बर वडामा पर्ने गहिरी गाउँ र माझी गाउँको बीचमा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, म्याग्दी । पहिरोको कारण म्याग्दीको दग्नाम गाउँ उच्च जोखिममा परेको छ । लामो समयसम्म परेको बर्सातका कारण पहिरो जान थालेपछि गाउँ पहिरोको जोखिममा परेको हो । 

दग्नाम– १, ३, ४ र ६ नम्बर वडामा पर्ने गहिरी गाउँ र माझी गाउँको बीचमा रहेक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरोले दग्नाम गाउँ उच्च जोखिममा

२१ श्रावण २०७३, शुक्रबार ०५:५३

साउन २१, म्याग्दी । पहिरोको कारण म्याग्दीको दग्नाम गाउँ उच्च जोखिममा परेको छ । लामो समयसम्म परेको बर्सातका कारण पहिरो जान थालेपछि गाउँ पहिरोको जोखिममा परेको हो । 

दग्नाम– १, ३, ४ र ६ नम्बर वडामा पर्ने गहिरी गाउँ र माझी गाउँको बीचमा रहेको पैरे खोलामा जमिन भासिएर पहिरो जान थालेपछि गाउँ नै पहिरोको जोखिममा परेको स्थानीयवासी धनीलाल गर्वुजाले बताउनुभयो । 

उहाँका अनुसार शव अन्त्येष्टि गरिने भ्वानेको च्याँनेडाँडाको जमिनसमेत भासिएर पहिरो गएको छ । पहिरोले गहिरी गाउँ र माझी गाउँको बीचमा पर्ने पैरे खोल्साको नजिकै रहेको मन्दिरदेखि करिब एक हजार ५०० मिटर माथिसम्म जमिन चर्किने र भासिने गरेको गर्वुजाले बताउनुभयो । ‘‘पहिरोले बस्तीलाई नै जोखिममा पारेको छ, झन्डै २०० मिटर दायाँबायाँसमेत पहिरोले जमिन चिराचिरा परेको छ, पहिरो नियन्त्रण गर्न नसके झन्डै ५० घरधुरी पहिरोबाट प्रभावित हुने देखिन्छ,” उहाँले भन्नुभयो । 

गत वर्ष गएको भूकम्पले हल्लाएको जमिन बर्खायामको अविरल वर्षाका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ । करिब एक सातादेखि जान थालेको पहिरोले दग्नाम, दरमिजा, चिमखोला र कुइनेमङ्गलेका सर्वसाधारण आवतजावत गर्ने पैदलमार्गसमेत बगाएकाले सर्वसाधारण थप समस्यामा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ