2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

संकट समाधान र कालोबजारी नियन्त्रण गर्न युवा नेताहरुको माग

share

मंसीर १७, बिर्तामोड । तराई–मधेशमा जारी आन्दोलन र भारतीय नाकाबन्दीले मुलुकमा चरम संकट
उत्पन्न हुनुका साथै कालोबजारी बढाएको र त्यसबाट द्वन्द्व बढेको भन्दै झापाका विभिन्न दलका युवा नेताले
संकटको निकासका लागि राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

संवाद समूह झापाको संयोजनमा आज विहीवार बिर्तामोडमा सत्तापक्ष तथा आन्दोलनमा रहेका दलका युवा
नेताबीच भएको छलफलमा मधेशवादी दल र सरकारबीच सार्थक र परिणाममुखी बार्तामा जोड दिइएको छ ।

राष्ट्रियताको सवालमा सबै युवा एक जुट हुनुपर्नेमा समेत जोड दिँदै युवा
नेताहरुले संकट समाधानका लागि सरकार र दलहरुलाई लचिलो बनाउन देशव्यापी दबाब सिर्जना गर्नुपर्ने बताएका
छन् । उनीहरुले कालोबजारी नियन्त्रणमा जनसमर्थन जुटाउनुपर्ने र राज्यलाई जिम्मेवार बनाउनुपर्ने समेत
बताएका छन् ।

तराई मधेशमा जारी आन्दोलनको निकास दमनबाट नहुने
तथा बार्ता र सहमतिको विकल्प नरहेको समेत उनीहरुले सुझाएका छन् । कालोबजारी सबै क्षेत्रका मौलाएको र
त्यसलाई राज्यले नै संरक्षण गरेको भन्दै युवा नेताहरुले त्यो परिस्थितिमा नयाँ खाले द्वन्द्वहरु बढेर
गएको बताए ।

उनीहरुले बन्द, हड्तालको सट्टा आन्दोलनको स्वरुप
परिवर्तन गरेर संसदमार्फत आफ्ना कुरा अघि बढाउन र संविधानमा व्यवस्था भएका आयोगमार्फत पनि समस्या र माग
सम्बोधन गर्दै जान सकिने भनी मधेशवादीलाई सुझाए ।

कालोबजारी
नियन्त्रणका लागि राज्यले आफ्ना संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिँदै उनीहरुले त्यसका लागि सबै युवा
सहयोग गर्न तयार रहेको बताए । युवा नेताहरुले उपभोक्तावादी संस्थाहरु तथा सचेत नागरिक कालोबजारीविरुद्ध
खबरदारी गर्न अग्रसर हुनुपर्नेमा समेत जोड दिए ।

आन्दोलनको
राजनीतिक र नाकाबन्दीको कुटनीतिक ढंगले समाधान गरे कालोबजारी आफै नियन्त्रण हुने भन्दै युवा नेताले संकट
समाधानका लागि युवाले देशव्यापी खबरदारी र सशक्त दबाबको अगुवाई गर्नुपर्ने समेत बताएका छन् ।
छलफलमा
एमाले युवा नेता घनश्याम अधिकारी, युवा संघका जिल्ला अध्यक्ष डम्बर गिरी, बाईसीएलका अध्यक्ष कर्मा
पुलामी, नेकपा क्रान्तिकारी माओवादी युवा लिगका अध्यक्ष सीके जवेगू, सदस्य रवीन लिम्बू, संघीय युवा
संघका केन्द्रीय सदस्य सुरेश यादव, जिल्ला अध्यक्ष पाण्डव चौधरीले समस्या समाधानमा सबैपक्ष लचिलो
बन्नुपर्ने बताए । सरकारले आन्दोलनकारीका जायज र नाजायज तथा पूरा गर्न सकिने र नसकिने माग
छुट्याइदिनुपर्ने समेत उनीहरुको भनाइ थियो ।
त्यस्तै तमरा अभियानका संयोजक घनश्याम चौधरी, झापा बचाउ
अभियानका संयोजक टोम राजवंशी, बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, वीरता लेडी जेसीजकी
अध्यक्ष पार्वता विमली लगायतले समस्या समाधानका लागि मुख्य र आन्दोलनरत् दलहरुले साझा धारणा बनाएर अघि
बढ्नुपर्ने बताए । थप संकट मुलुकले थेग्न नसक्ने भन्दै उनीहरुले गम्भीर बन्न सरकारलाई आग्रह गरे

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र
खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई