२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ

२९ माघ २०७७, बिहीबार ०६:५३

माघ २९, बझाङ । जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ ।  

सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेका बताइएको छ ।  ढलान गर्ने कच्चापदार्थ गिट्टी, बालुवा, सिमेन्टलगायतका सामान पुलको पारीसम्म पु¥याउनका लागि गाडी नअटाउने भएकाले झोलुङ्गे पुल हटाउनुपर्ने र्निमाण कम्पनीले जानकारी दिएको छ ।

सेती नदी पारी रहेका स्थानीय तहलाई जोड्ने गरी २०७३ साल नै निर्माण सम्पन्न हुनेगरी उक्त पुलको ठेक्का सम्झौता भएको थियो । लागत अनुमान नै त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेपछि गत वर्ष लागत परिवर्तन गरी पुनः बोलपत्र आह्वान भई निर्माण कार्य शुरु भएको थियो । झण्डै रु आठ करोडको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाइको पानकोट पुल यसै वर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनले काम अघि बढाएको थियो ।

मोटरेवल पुलसँगै रहेको झोलुङ्गे पुल नगरपालिकाले हटाउनमा कुनै चासो नदिँदा निर्माण कार्यमा ढिलाइ भइरहेको निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रर्तिनिधि कपिल राइले जानकारी दिनुभयो । उहाँले ै झोलुङ्गे पुलका कारण सामान ढुवानी गर्न नसकिएको बताउनुभयो । नजिकै अर्को वैकल्पिक बाटो छैन । झोलुङगे पुल नहटाइ काम गर्न सकिने अवस्था छैन । 

“पुलको सबै काम सकिएको र अब ढलानको काम मात्र बाँकी छ । पुलमा ढलान गर्नलाई झोलुङ्गे पुलले बाधा गरेका कारण आवश्यक साम्रगी पुलमा पु¥याउन सकिएको छैन ।  पुल नहटाएसम्म पुलको निर्माण सकिदँैन । ” उहाँलले बताउनुभयो । 

जयपृथ्वी नगर प्रमुख वीरेन्द्रबहादुर खड्काले ठेकदार कम्पनीका प्रतिनिधिसँग निमार्णस्थलमै गएर हटाइदिने कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “झोलुङ्गे पुलका कारण निमार्णकार्यमा असहज भयो हामीले हटाउदा स्थानीयवासीले काममा असहज गर्लान भन्ने डर छ । तपाईले झोलुङ्गे पुल हटाउनुपर्ने हो भनेर मसँग अनुरोध गरेको हो ।” 

क्रस मोटरेवल पुल निमार्ण सम्पन्न पश्चात् पानकोट पुल सेती नदीमा बनेकोे पहिलो हुनेछ । यस पुल बनेपछि बझाङको सेतीपारिका साइपाल, तल्कोट, मष्टा, खप्तडछान्ना, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकावासीले यातायातको सुविधा पाउनेछन् । पुल निमार्णको काम अन्तिम चरणमा पुगेपछि पुल बन्ने आशा पलाएको स्थानीयवासी नरेन्द्र उपाध्यायले बताउनुभयो । 

उहाँले सेतीपारीका स्थानीय तहमा सडक सञ्जालको पहुँच भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधन बारपार गर्न सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठे पुल राखेर यातायातका साधनले ओहोरदोहोर गर्दथे । गतजेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान