2026-09-18 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ‘भूकम्प स्मारक स्तम्भ’ निर्माण

माघ ३०, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिहीबार उद्घाटन गर्दै भूकम्पको कारण नभई मानवीय कमजोर संरचनाको कारण जनधनको क्षति पुग्ने भएकाले भूकम्पपछिको पुनःनिर्माण तथा अब बन्ने संरचना मापदण्डअनुसार विपद् प्रतिरोधि बनाउन आग्रह गर्नुभयो ।

“भूकम्पपछिको पुनःनिर्माणमा केही लापर्बाही भएको तथा पुनःनिर्माणपश्चात् घरलाई पुनः कोठा र तला थपेर जोखिम बनाइएको छ ।” उहाँले भन्नुभयो, “आफ्नो ज्यान र सम्पत्तिको सुरक्षाका लागी लापरबाही नभई सजगता अपनाउनुपर्छ ।” स्मारक स्तम्भ निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको कार्यक्रममा गोयन्का गु्रपका व्यवस्थापक अजय गोयन्काले व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्व बहनको क्रममा भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारक निर्माण गरेर सहयोग पु¥याएको बताउनुभयो ।

दुई वर्षअघि शिलान्यास गरिएको सो स्तम्भ गोयन्का गु्रपको रु १० लाख लगानीमा निर्माण सम्पन्न गरिएको हो । स्तम्भ निर्माणको समन्वय तथा जिम्मेवारी बहन गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायी नाफाको लागि मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय पीडाको समयमा सहयोगीको रुपमा सहानुभूति समेत राख्न सकिने सन्देश दिएको बताउनुभयो । भूकम्पमा परेर नुवाकोटमा एक हजार ११२ ले ज्यान गुमाएका थिए भने एक हजार ५० घाइते भएका थिए । असी हजारभन्दा बढी निजी आवाससहित जिल्लाका सबै (४५३ वटा) विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सामुदायिक भवनमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई