2026-09-12 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई अविलम्ब पक्राउ गर्न माग

माघ ३०, काठमाडौँ (रासस) । नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषी पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई दुःखद्रूपमा लिएको जनाएको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान तीव्र बनाउन, दोषीलाई अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गर्नुभएको छ ।

 शान्ति स्थापना र संविधान निर्माणपश्चात मुलुकमा अमनचयन स्थापना हुने र नागरिकको जीवन सुरक्षित बन्ने भन्ने विश्वास लिइए पनि यस्ता घटना भइरहनु गम्भीर चिन्ताको विषय बनेको विज्ञप्तिमा जनाइको छ । 

 निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका तथा भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै रहेको उल्लेख गर्दै कांग्रसले शान्ति सरक्षाका लागि प्रशासन संयन्त्रलाई थप चुस्त बनाउन अपिलसमेत गरेको छ ।

 यसै क्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा पार्टीले केन्द्रीय सदस्य रमेश लेखकलाई बैतडी पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह