2026-07-26 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिष्ट हत्याकाण्डको छानबिन दिनानुदिन झन जटिल बन्दै, प्रहरीनै आशंकाको घेरामा

भाष्कर के.सी | साउन २१, कञ्चनपुर | भिमदत्तनगरपालिका ११ भुजेलाका सुरज भनिने रोहित विष्ट वर्ष २४ का बेपत्ता भएको पाचँ दिन पछि घर नजिकैको खोलामा डुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको हाल सम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता लागेको छैन् ।

साउन ९ गते बिहान ८:५० बजे जिल्ला कञ्चनपुर भिमदत्तनगरपालिका ११ स्थित भुजेला पुल देखी अन्दाजि १०० मिटर दक्षीण भुजेला खोलामा लास देखीएको स्थिानिय माधव भट्टले इलाका प्रहरी कार्यलय गड्डाचौकीलाई खबर गरेपछि प्रहरीले मृतकको खल्तीमा भेटिएको कागजातबाट विष्टको पहिचान गरेको थियो ।  भुजेला खोलामा लास भेटिएपछि हतार हतार चेक जाँचनै नगरी प्रहरीले वेवारिसे बनाउने प्रयास गरेपछि स्थानीयवासीको विरोधपछि चेकजाँच गरी खल्तीमा रहेका कागज प्रमाणहरुबाट लासको पहिचान भएको तैपनि पीडित पक्षलाई थाहानै नदिई मगाई टेक्टरको भाडा समेत प्रहरी आफैंले भुक्तानी गरेको प्रहरीले हतार-हतार पोष्टमार्टम गर्न लगाई पीडित पक्षलाई लास सतगत पूर्जा दिएको घटना गर्ने व्यक्तिहरुको नाम, लास चेकजाँच र मुचूल्का गर्दा पीडित पाक्ष एवं स्थानीय जनताले प्रहरीलाई भन्दा पनि सम्बन्धित व्यक्तिहरुलाई नियन्त्रण लिन नचाहेको, घटना सँग सम्बन्धित व्यक्ति पदम धामीलाई ३ दिन सम्म प्रहरीले पक्राउ गर्न तर्फ कुनै प्रयास नगरेको चौथो दिन पीडित पक्षले स्थानीय वसपार्कबाट पदम धामीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाँउदा पनि राम्रो सँग सोधपुछ नगरेको अर्को दिन डि.आइ.जी विजय कुमार भट्टले पदम धामीलाई सोधपुछ गर्दा रोहित विष्टको हत्या गरी ०४ महिना ०६ गते राति १० देखि ११ बजे खोलामा तन्नामा बेरि फालेको भन्ने कुरा स्वीकार गरी लासलाई बेरेको तन्ना समेत डि.आई.जी भट्टको रोहबरमा पदम धामीले देखाए अनुसार तन्ना समेत बरामद भएको तन्ना बरामद भइसकेपछि पनि प्रहरी अनुसन्धान चित्तबुझदो तरिकाले नगरेको, मृतकको निधारमा ३ सि.मि लम्बाइ र १सि.मि. चौडा  घाउ र अण्डकोष सुनिएको प्रष्ट हुँदा हुँदै प्रहरीले पानीमा डुबेर आफै मरेको हुन सक्ने आशय र अभिव्यक्ती दिइरहेको, आरोपी ज्ञानेन्द्र बहादुर चन्दको बिन्दास होटलभित्र कोठामा रगत लागेको ढुगाँ, कपडा र तन्ना भेटिए पनि प्रहरीले लापरवाही गरी केसलाई ढिलासुस्ती गरी केश लम्ब्याउन खोजेको  व्यहोरा पत्रकार सम्मेलन गरी मृतकका परिवारले जनाएका छन् । मृत्यु हुन भन्दा केही दिन अगाडी ८० हजार भारु लिएर मोटर साईकल किन्न भनेर घरबाट हिडेको मृतकका बुवा रोहित विष्टले बताउनु भयो ।

यसरि विष्ट हत्याकाण्डको विषयलाई लिएर १२ दिन बितिसक्दा समेत घटनाको कुनै छानबिन नभएको भन्दै स्थानियले साउन २० गते नेपाल–भारत जोडने सीमा गड्डाचौकी स्थित पश्चिमी नाका पिलर नं.७ नजिकै मृतकका परिवार र स्थिानियले पूर्ण रुपमा नाका ठप्प पारेका थिए । घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नलगाए स्थानियले सीमा अनिश्चित काल बन्द गर्ने घोषणा गरेका थिए ।

यो अनिश्चित काल बन्दका कारण भारत बाट ल्याइने घरायसी समान, व्यापारीक प्रयोजन र काम काजका लागि भारत जाने र भारतबाट आउने सम्पुर्ण यात्रुलाई रोकिएको थियो भने उपचार र भारतमा रोजगारका लागि जाने पैदल यात्रु लाई कुनै रोक टोक विना जान दिएको थियो ।

यसरि नाका बन्दिका कारण स्थानियका साथै नेपालको राजनितीमा समेत प्रत्यक्ष असर पर्ने भएकाले, हत्याको विषयलाई लिएर गरिएको पश्चिमी नाका ७ घण्टा पछि खुलेका थियो । बन्द कर्ता र जिल्ला प्रशासन बिच भएको सहमति अनुसार साउन २१ गते दिउँसो ११ बजे सम्ममा सम्पुर्ण पत्रकार बोलाएर घटनाको बारेमा सार्वजनिक गर्ने भने पछि त्यस दिन गरिएको बन्द ४ बजे खुलेको थियो । यदि घटनाको सार्वजनिक नगरे पर्सि शनिबार देखि अझ शसक्त रुपमा नाकाबन्द गर्ने चेतावनि समेत दिएका थिए ।

सोहीक्रममा आज पत्रकार सम्मेलन गरी अझै केही दिन अनुसन्धानमा समय लाग्ने जानकारी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैन सिहं कार्कीले बताउनु भयो । घटनाको विवरण प्रस्तुत गर्दै  अझैं अनुसन्धान चलिरहेकोले  पिडित परिवार, महिला अधिकारकर्मी, पत्रकार र आम कञ्चनपुरबासीहरुमा सकारात्मक सहयोग गर्न अनुरोध गरेको छ । 

अनुसन्धानका लागि म्याद थप भई हिरासतमा राखिएका विन्दास होटलका सञ्चालक वर्ष ३९ का ज्ञानेन्द्र बहादुर चन्द, उनकै सहोदर भाई सुभाष बहादुर चन्द र वर्ष ३५ को पदम सिंह धामीलाई घटनको बारेमा सोधपुछ चलिरहेको प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ