भाष्कर के.सी | साउन २१, कञ्चनपुर | नेपाल किसान पार्टीले कञ्चनपुरमा भई रहेको श्रृखलावद्ध हत्या हिंसा र भारतिय हस्तक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन २१, कञ्चनपुर | नेपाल किसान पार्टीले कञ्चनपुरमा भई रहेको श्रृखलावद्ध हत्या हिंसा र भारतिय हस्तक्"/>
२०८३, १४ जेष्ठ बिहीबार
कन्चनपुर - KNC

हत्या, हिंसा र भारतिय हस्तक्षेपको विरुद्धमा र्याली

२०७३, २१ श्रावण शुक्रबार १२:२५

भाष्कर के.सी | साउन २१, कञ्चनपुर | नेपाल किसान पार्टीले कञ्चनपुरमा भई रहेको श्रृखलावद्ध हत्या हिंसा र भारतिय हस्तक्षेपको विरुद्धमा २२ गते शनिबार कञ्चनपुर देखि चिसापानी स्थित कर्णाली पुल सम्म ¥याली निकालने भएको छ । 

किसानको हक हितमा लड्दै आइरहेको किसान पार्टीले वास्तविक भुमिहिन  लाई जग्गा प्रदान गर्नु पर्ने, नेपाल सरकार भारतीय जिएमआर विच माथिल्लो अर्थात अपर कर्णालीको विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ । 

नेपाल किसान पार्टी र ग्रेटर नेपाल कञ्चनपुरले उक्त सम्झौता राष्ट्रियहित विपरित भएकाले उक्त सम्झौता खारेजीको माग गरेको हो । शुक्रबार महेन्द्रनगरमा पत्रकारमा सम्मेलनमा बोल्दै नेपाल किसान पार्टीका अध्यक्ष सिरोमणी ओझाले नेपालको जलस्रोतमाथी विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजैदेखि खारेज हुनुपर्नेमा जोडदिए । राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उनको सुझाव छ ।  ग्रेटर नेपालका क्षेत्रिय महासचिव गौरब जोशीले चार हजार दुइसय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताए । उनका अनुसार बर्षामा १०८ र सुख्खायाममा ३६ मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले १५० प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताए ।  

यसैविच कर्णाली सम्झौता खारेजीको माग राख्दै ग्रेटर नेपाल र नेपाल किसान पाटीले शनिबार महेन्द्रनगर देखि कर्णाली चिसापानीसम्म मोटरसाईकल ¥याली निकालेर चिसापानीमा कोण सभा गरिने जनाएको छ । 

यस्तै किसान पार्टी र ग्रेटर नेपालले हत्या हिंसा घटनामा निश्पक्ष छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । प्रहरीले घटनाको सत्य तथ्य छानबिन गर्नुको साटो उल्टो प्रहरीले मोलमोलाई गरेको भन्दै किसान पाटीका अध्यक्ष ओझाले प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल समक्ष दुखेसो पोेखेका थिए । 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीले लार्पबाही नगरेको दावि गरेका थिए । किसान पाटी र ग्रेटर नेपालले हत्या, हिंसा, दुर्घटना , बलात्कार लगायत समाजिक, प्राकृतिक घटनामा प्रहरीले कमाउने धन्दा बनाएको गम्भिर आरोप लगाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना