साउन २१, कालिकोट | शिघ्रकुपोषण न्यूनिकरण गर्न कालिकोटमा बहिरंग उपचार सेवा अभियान लागु हुने भएको छ । जिल्लामा शिघ्रकुपोषणको मात्रा ब्यापक भएपछि यसको नियन्त्रण तथा न्यू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, कालिकोट | शिघ्रकुपोषण न्यूनिकरण गर्न कालिकोटमा बहिरंग उपचार सेवा अभियान लागु हुने भएको छ । जिल्लामा शिघ्रकुपोषणको मात्रा ब्यापक भएपछि यसको नियन्त्रण तथा न्यू"/>
2026-10-31 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिघ्र कुपोषण न्यूनिकरण गर्न बहिरंग सेवा

साउन २१, कालिकोट | शिघ्रकुपोषण न्यूनिकरण गर्न कालिकोटमा बहिरंग उपचार सेवा अभियान लागु हुने भएको छ । जिल्लामा शिघ्रकुपोषणको मात्रा ब्यापक भएपछि यसको नियन्त्रण तथा न्यूनिकरणकोलागि यस्तो अभियान लागु हुने भएको हो । विगत केही दशक पहिलेबाट नेपाल सरकारले थालेको कुपोषण उन्मुलन अभियान अन्तर्गत कालिकोटमा विगत केही बर्ष देखि बहुक्षेत्रीयपोषण जस्ता विभिन्न पोषण अभियान लागुभैरहेपनि शिघ्र कुपोषणको संख्यामा कमि आउन नसकेपछि जिल्लामा शिघ्रकुपोषण अभियान संचालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले आज जिल्ला सदरमुकाम मान्ममा एक कार्यक्रमको आयोजना गरी जिल्लामा शिघ्रकुपोषण भएका बालबालिकाको अवस्था र यसको न्यूनिकरणका लागि संचालन गरिने अभियानबारे जिल्ला स्तरीय सरोकारवालाहरुलाई जानकारी गराएको छ । शिघ्रकुपोषण भएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थामा ल्याई उनीहरुको स्वास्थ्य परिक्षण गरी यसको नियन्त्रण तथा निर्मुल पार्ने अभियान अगाडी बढाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कौषलअलीले बताउनु भएको छ ।
पोषण तथा खाध्य सरक्षा निर्देशक समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता, युनिसेफ नेपालका क्षेत्रिय प्रतिनिधि प्रकाशचन्द्र जैसीको बिशेष अथित्यतामा संचालित कार्यक्रममा हाल जिल्लामा रहेको शिघ्रकुपोषणको बहिरंग उपचार तथा परामर्श कार्यक्रम संचालन अभियान जिल्लाका ७ वटा क्षेत्र जिल्ला स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउ, स्वास्थ्य चौंकी मेहलमुडी, स्वास्थ्यचौकी स्यूना, स्वास्थ्यचौकी धौलागोह, स्वास्थ्यचौकी राचुली र स्वास्थ्यचौकी गेलामा संचालन गर्ने पोषण कार्यक्रमका फोकल पर्शन कटक महतले बताउनु भएको छ । 
जिल्लाका ७ वटा केन्द्रबाट ३० वटै गाविसका शिघ्रकुपोषण बालबालिकाहरुलाई बहिरंग सेवा संचालन हुने अभियानबारे जिल्ला विभिन्न सरोकारवाला निकायहरुले आआफ्नो राय तथा विचारहरु प्रस्तुत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काले कार्यक्रमबारे बोल्दै जिल्लाबाट कुपोषण निर्मुल नभए सम्म बहुपोषण अभियान निरन्तर लागु गर्नु पर्ने बताउनु भएको छ । यस्तै पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ शाखा कालिकोटका उपाध्यक्ष पवित्रकुमार शाहीले पोषण कार्यक्रमबारे जिल्लाका सबै समुदायलाई सुसुचित गराउन रेडियो कार्यक्रम तथा पत्रपत्रिकाहरुमा शन्देशमुल सूचनाहरु प्रचारप्रशार गर्न आवश्यक रहेको बताउनु भयो । यस्तै राजनैतिकदलको तर्फबाट एमाले जिल्ला कमिटि सचिव चित्रसिंह गाउलेले शिघ्रपोषण कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न राजनैतिक दलहरुले खेल्नपर्ने भूमिकाबारे सबै राजनैतिक दलहरु प्रतिवद्ध रहेको बताउनु भएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने