२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुने

३ फाल्गुन २०७७, सोमबार १५:५१

फागुन ३, कञ्चनपुर (रासस) । लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

विमानस्थलको एक हजार ६८५ मिटर रनबे कालोपत्रे गर्ने कार्य हुनेभएको छ । विमानस्थलको सुुरक्षाका लागि तारवार गर्ने कार्य पूरा भएको छ । विमानस्थल सञ्चालनका लागि यसअघि सम्भाव्यता अध्ययनको कार्यसँगै लागत अनुमानको कार्य गरिएको थियो ।

विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने व्यवसायीको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ