२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि

४ फाल्गुन २०७७, मंगलवार ०८:२०

फागुन ४, स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा  यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ  ।

क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयो । 

आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न, उत्पादित आलुको बजारीकरण गर्न र आलुका परिकारका बारेमा जानकारी दिन महोत्सव गरिने भएको उहाँले बताउनुभयो । महोत्सवस्थलमा आलुको खरीदबिक्री, विभिन्न परिकार बनाएर  स्वाद दिइने लक्ष्य आयोजकको छ । “आलु उत्पादनका दृष्टिले यो क्षेत्र उर्वरभूमि पनि हो, परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई थप आधुनिकीकरण र व्यवसायितकता तर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेका थियौं” नगर प्रमुख खनालले भन्नुभयो, “पकेट क्षेत्रमा तीन वटा आलु ब्लक बनाएर सामूहिक र व्यक्तिगतरुपमा तीन सय रोपनी क्षेत्रफलमा आलु लगाइएकोमा उत्पादन पश्चात खन्न शुरु भएको हो ।”

नगरपालिकाले आलु खेतीका लागि ५० प्रतिशत अनुदानमा आलुको बीउ, आवश्यक कीटनाशक औषधि तथा तालीम दिएको थियो । दुई दिनसम्म चल्ने महोत्सवमा आलुका विभिन्न परिकारको प्रदर्शनी, आलुका परिकार बनाउने सीपकाबारेमा जानकारी गराइने तयारी भएको भिरकोट–५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

“स्वादका दृष्टिले र गुणस्तरियताका आधारमा यस ठाउँमा राम्रो आलु फल्ने गरेको छ” उहाँले भन्नुभयो, “आलु खेतीको सम्भावना, प्रचारप्रसारका साथै यहाँको किसानको हौसला बढाउनका लागि महोत्सवले राम्रो सन्देश दिने विश्वास लिएको छु ।” महोत्सवको तयारीका लागि विभिन्न उपसमिति बनाएर अगाडि बढिएको छ । करीब दुई सय कृषकले सामूहिक र व्यक्तिगतरुपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेका किसान रामकृष्ण अर्यालले बताउनुभयो । 

“अहिले सबै जना किसान खेतमै आलु खन्न व्यस्त हुनुहुन्छ” उहाँले भन्नुभयो, “यहाँ शुद्ध बीउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।”यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलुको खरीदबिक्री गर्न तथा आलुका विभिन्न परिकार बनाउनका लागि आयोजना गरिएको महोत्सवले थप हौसला जागेको छ । 

भीरकोटले नगरभित्रका आलुखेती हुने ठाउँलाई १२ पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको थियो । नगरपालिकाभित्रका किसानलाई आवश्यकपर्ने आलुका बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराएको नगरपालिकाका कृषि समिति संयोजक दीपेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । 

 नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बीउ अनुदानमा वितरण गरेको थियो । नगरपालिकाले उक्त ठाउँमा एकै जातको मकै र धान बाली लगाउने अभियान समेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने