2026-10-26 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा १ सय भन्दा बढिले लगाए कोभिसिल्डको खोप

दान बहादुर बुढा । फागुन ४, मुगु । हिमाली जिल्ला मुगु लगाएत देशै भरपहिलो चरण अन्तर्गत दोस्रो चरणमा प्राथमिकतामा रहेका नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउर्ने क्रममा मुगु जिल्लामा पनि १सय जना भन्दा बढीले खोप लगाई सकेका छन । 

लक्षित समूह अन्तर्गत पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई फालगुन २ देखि ६ गते सम्म खोप अभियान सञ्चालन भई रहेको छ । मुगुमा पनि कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन भईरहेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।  

जिल्ला भरबाट पहिलो प्राथमिकतामा रहेका लाई आज १ सय २० जना लाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाईएको छ भर्ने  सोरु गाउपालिकाको सोरुकोटमा ४० र जिल्ला अस्पतालमा ८० गरि मात्र १  सय २० जना लाई खोप लगाईएको जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय  प्रमुख ज्ञान सिहं बुढाले जानकारी दिए ।       

उनका अनुसार सोमवार लगाईएका खोपमा यहाका सुरक्षाकर्मी ,  नगरपालिकाका कर्मचारी लगायत अन्य नागरिक लाई पनि खोप लगाईएको हो । जिल्लाका चार वटै स्थानीय तहका पाएक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरी कोभिड(१९ विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख बुढाका अनुसार जिल्ला अस्पताल ठिनि , छाईल , पुलु , सोरुकोट , र खत्याडका स्वास्थ्य चौकि बाट ओप अभियान सञ्चालन गरिएको छ । 

साथै फागुन ४ गते मुगुम कार्मारोगं गाउपालिकाको छाईल र ५ गते पुलुमा खोप सञ्चालन गरिने पनि अवगत गराए । जिल्लाको दक्षिणी भेगमा पर्ने खत्याड गाउपालिकाको लागि ६० डोज खोप प्राप्त भएको स्वास्थ्य शाखाका हरि बुढाले बताए । उनका अनुसार गाउपालिकाको लागि यति मात्र डोज आयो यति थोरै खोपले गाउपालिका लाई अपुग भएको र यदि जिल्ला अस्पताल पुन दोश्रो चरणमा वितरण गर्यो भने बाँकि रहेका लाई खोप लगाईने जानकारी दिए । 

पत्रकारले लगाउन दिए नागरिकलाई कोरोनाको खोप

कोरोना भाइरस कोभिड १९ बारे अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने मुगु जिल्लामा कार्यरत पत्रकारलाई नेपाल सरकारले सम्झेर दोर्सो चरणमा खोप लगाउने अवसर दिएकोमा नेपाल सरकार प्रती आभार व्यक्त गर्दे , 

फण्टलाइनमा हामी खटिए पनि हामी भन्दा उच्च जोखिममा जेष्ट नागरिक , बालबालिका , महिला तथा ज्यालादारीमा जीवन निर्वाह गर्ने नागरिकहरु रहेकाले सरकारले हामी पत्रकार भन्दा जोखिममा रहेका ती समुहलाइ कोरोना विरुद्धको खोप लगाउन स्थान देओस भन्दै मुगु जिल्लामा रहेका सबै पत्रकारहरुको  सल्लाहमा २०७७ फाल्गुन ३ गते जिल्ला अस्पताल मुगुमा पत्रकारहरुलाइ  लगाइने कोरोना विरुद्धको खोप नलगाउने निर्णय गरिएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जानकारी गराए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने