११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीका चिनी मिललाई उखु अभाव

५ फाल्गुन २०७७, बुधबार ०७:३९

फागुन ५, महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि ऊखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा ऊखु आयात नहुँदा मिललाई ऊखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताउनुभयो ।

विगतका वर्षमा दैनिक ५०÷६० हजार क्वीन्टल र कुनै कुनै दिन एक लाख क्वीन्टलसम्म ऊखु क्रसिङ हुने यस मिलमा अहिले ऊखु अभावमा दैनिक १०÷१२ हजार क्वीन्टल मात्रै क्रसिङ हुने गरेको छ । मिलको क्षमताअनुसार ऊखु प्राप्त नहुँदा ऊखु क्रसिङ तथा चिनी उत्पादन हुन नसकेको जनाइको छ । अहिले चिनी मिलका कर्मचारीले नगद रुपैयाँ लिएर महोत्तरी, धनुषा, सर्लाही जिल्लाको गाउँगाउँमा ऊखु खरीद गर्न गए पनि किसानले आवश्यक मात्रामा ऊखु मिललाई प्रदान गरिरहेका छैनन् ।

यता ऊखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेश सिंहले चिनी उद्योगले ऊखु उत्पादकलाई ऊखु लिएबापतको रकम भुक्तानी गर्न दुई÷तीन वर्ष लगाउने गरेको, पैसाको लागि आन्दोलन गर्नुपरेको र आफ्नै पैसाका लागि ज्यानसम्म गुमाउनु परेको कारण किसानले पर्याप्त मात्रामा ऊखु उत्पादन नगर्दा मिललाई ऊखु अभाव भएको बताउनुभयो । 

मिललाई उधारोमा ऊखु बिक्री गर्नुको साटो किसानले अहिले गाउँघरमै स्थानीयस्तरमा सख्खर तयार गर्ने क्रसिङ सेन्टरमा नगदमै ऊखु बिक्री गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष जिल्लामा ऊखु उत्पादनमा ४० प्रतिशतले कमी आएको छ भने चिनी मिलको रवैया कारण विस्तारै उत्पादनको परिणाम घट्दै जाने निश्चित छ ।” 

कुनैबेला ५८ लाख क्वीन्टल ऊखु क्रसिङ गरेर मुलुककै पहिलो चिनी कारखाना बनेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका यार्ड (ऊखु लिएर आएका गाडी पार्किङ गर्ने ठाउँ) अहिले सुनसान छ भने चिनी मिलले नगदमै पनि ऊखु पाउन नसक्दा मिललाई ऊखुको अभाव सिर्जना भएको हो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह