नरी बडु | साउन २२, बैतडी । नेपाल सरकारले गएको असारमा गठन गरेको युवा परिषद अन्तर्गत बैतडीको जिल्ला युवा समिति अध्यक्षमा सन्तोस जोशी आउनुभएको छ ।
युवा सम्बन्धि जिल्लामा हुने विभिन्न किसमका कार्यक्रम संञ्चालन गर्न जोशी साउन १९ गते बैतडी पुग्नुभएको हो ।
उक्त समितिले जिल्लामा युवा विकासका लागि काम गर्ने अध्यक्ष जोशीले बताए । युवा स्वरोजगार, युवा उद्यमी लगायतका क्षेत्रमा पनि काम गर्ने जाशीको भनाई छ । स्थानीय निकायले तर्जुमा गरेको योजनाको अधिनमा रही निती तथा कार्यक्रम गर्ने काम समते अब युवा समितिलेनै गर्ने छ ।
यस अघि जिल्ला खेलकुद विकास समिति अन्र्तगत रहेको युवा सूचना केन्द्र अब जिल्ला युवा समितिमार्फत काम गर्ने जाशीले बताए ।